बिटक्वाइनले जन्माएका यी डलर अर्बपति, जो भर्चुअल दुनियाँमा पैसा खोज्छन्



एजेन्सी । के भर्चुअल मनिको रुपमा लिइएको बिटक्वाइनकोे लगानीबाट अर्बपति बन्न सम्भव छ ? आम मानिसहरु यस्तै प्रश्न गर्छन् । उनीहरु भन्छन् सम्भव छ । यो सम्भव छ भन्नेहरु पनि यसमा पोख्तहरु मात्रै छन् ।

विश्व बजारमा बिटक्वाइनको माग र आपूर्तिको पनि उस्तै मूल्य श्रृखला छ । मानिसहरु यसलाई अनूभत गर्न सक्छन् । न कि प्रत्यक्षरुपमा पनि त्यसलाई अनुभूत गर्न ।

बिटक्वाइनले नयाँ अर्बपति बनाउँछ नै । यसमा विशेषगरी प्रमाणीकरण गर्ने नगद कारोबारको भन्दा पनि भीमकाय श्रृखला रहेको छ । यो पछिल्ला दिनमा समयको मागसमेत बन्दै गएको छ । किनकी अब डलर होइन, भर्चुअल मनि हो भन्ने जमात समाजमा बढ्दै गएको छ । सोहीकारण संसारका केही देशले यसलाई मान्यता समेत दिएका छन् ।

कारोबारको मात्रा पनि ठूलो रहेको छ । किनकी यसले नयाँ नयाँ अर्बपति जन्माइरहेको छ । तर्क र कारण जे जस्ता भएपनि अब संसार नै भर्चुअल भइसकेको छ । त्यसले मानिसलाई पनि यसैमा बानी पार्दै लगेको छ ।

पछिल्लो दशकलाई क्रिप्टोकरेन्सी क्रान्तिका रुपमा पनि लिइएको थियो । यसले ट्रिलियन डलर बराबरको सम्पत्तिको मूल्य श्रृखला पनि तयार पारेको छ ।

क्रिप्टोकरन्सीका बादशाह भनेर चिनिन थालेका नव उद्यमी क्यामरन विन्क्लेभसलाई नै हेरौं । उनले आफ्नो जुम्ल्याहा भाई टेलरको साथमा फेसबुकविरुद्ध मुद्दा नै हालेका थिए । किनकी त्यहाँ बौद्धिक चोरीको मुद्दा लागेको थियो ।

सामाजिक सञ्जाल फेसबुकका मालिका मार्क जकुरवर्गले उनीहरुको सोच चोरेको आरोप पनि लागेकै थियो । सन् २०१२ मा विन्क्लेवीले सापेक्षिकरुपमा टाढा जानको लागि बाध्य भए । हावर्डका उत्पादन मानिएका रोउर्स डिजिटल मुद्रामा भाग्य खोज्दै थिए ।

तर केही अराजकतावादी केही सट्टेबाजहरू र खराबको साथमा लागेका थिए । तर आज बिटक्वाइन नयाँ उचाइमा उक्लैदछ । मुख्यरुपमा वित्त समाजबाट आएका अनुयायीहरूको पनि यसैमा भागदौड भइरहेको छ ।

बिटकाइनले बजारपूँजीकरणमा फेसबुकलाई पछाडि पारेको भन्दै क्यामरुनले ट्वीट गरिदिए र विगतकोे बौद्धिक चोरीको विषयलाई समेत पुनः स्मरण गराइदिए ।

केही दिन पहिलेको मात्रै कुरा गर्दा बिटक्वाइनले प्रतिसिक्का ४० हजार डलर पार गर्यो र ४१ हजार डलरको आसपास पुग्यो । फेसबुकको ९४ बिलियन डलर बराबरको मूल्यांकन हुँदा विन्क्लेवीले डिजिटलरुपबाट सोमबारमात्रै १.४ बिलियन डलर बराबरको सम्पत्ति आर्जन गरेका छन् ।

बितेको बर्षमा मात्रै सेयर बजारमा धेरै जसो बिटक्वाइन भएका कम्पनीहरु बढी आर्कषित भए । त्यसले लगानीकर्तालाई आर्कषित मात्रै गरेन, उनीहरुको मुहारमा खुसी समेत ल्याइदिएको थियो ।

जबकी एस एण्ड पी ५०० सन् २०२१ को जनवरी २१ सम्म आइपुग्दा १७ प्रतिशत बढीले वृद्धि भयो । सोही समयमा बिटक्वाइन भने ४०० प्रतिशतले वृद्धि भयो ।

किप्टोकरेन्सीको बारेमा अध्ययन गर्ने एक अनुसन्धान साइटका अनुसार किप्टोरकेन्सीको कूल हिस्सा ९२० बिलियन डलर बराबर पुगेको छ । शुक्रबारमात्रै त्यसको मूल्यअनुसार १ ट्रिलियन डलरबाट तल खस्केको थियो ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई लयमा ल्याउन अमेरिकी फेडरल रिजर्भले अर्बौं डलर बराबरको रकम छाप्नु परेको थियो । आर्थिक मन्दीको मासना गर्न त्यो भन्दा उत्तम उपाय अरु केही बाँकी थिएन ।

मूल्यवृद्धि रोक्नका लागि मानिसहरुले बिटक्वाइनलाई एउटा हेज फण्डको रुपमा समेत लिएका थिए । सन् २०१७ मा मात्रै कूल १ हजारदेखि १९ हजार डलर बराबरको मात्रै पुगेको अवस्था थियो । त्यो पनि साना लगानीकिर्ताको मात्रै थियो ।
तर पछिल्लो अवस्थालाई हेर्दा किप्टोकरेन्सी खरिद गर्न र भण्डारणमा समेत मानिसहरु उत्तिकै प्रेरित भएका छन् ।

क्रिप्टाकरेन्सीका लगानीकर्ताहरू धेरै धनी भएका छन् । एक विश्लेषण अनुसार हालैमात्र कम्तिमा पाँच नयाँ अर्बपति थपिएका छन् । त्यसमा अझै केही बढी पनि हुन सक्छ ।

क्यामरुन र टेलर विन्क्लोभेसः किप्टोकरेन्सीका को फाउण्डर समेत रहेका क्यामरुन र टेलर विन्क्लोभेसले दैनिक ३०० मिलियन डलर बराबरको डिजिटल सम्पत्ति खरिद गर्छन् ।

उनीहरुले नै पहिलो पटक बिटक्वाइनलाई नाम दिएर परिचित गराएका थिए । उनीहरुले नै र्माक जुगरवर्गलाई फेसबुकका लागि लिएका थिए ।

तर फेसबुकले सन् २०१३ मा उनीहरुको सोचलाई चोरी गरेको आरोप लागेको छ । उनीहरुसँग ११ मिलियन बराबरको बिटक्वाइन रहेको छ । एउटा क्वाइनको मूल्यमात्रै १२० डलर बराबर रहेको छ । उनीहरुले १.४ बिलियन डलर बराबरको डिजिटल सम्पत्ति राखेका छन् । उनीहरुले त्यसबारेमा भने कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।

म्याथ्यू रोज्जाकः बिटक्वाइनका अर्का बादशाह हुन म्याथ्यू रोज्जाक । उनको कूल सम्पत्ति १.२ बिलियन डलर बराबर रहेको छ । सन् १९९० देखि २००२ सम्म उनी भेन्चर क्यापिटलमा काम गर्थे ।

आज उनी ब्लोकका अध्यक्ष छन् । जसले परामर्श सेवाको काम गर्छन् । उनको किप्टोकरेन्सीको कुल रुमपा १.२ बिलियन डलर बराबरको हो । जुन गत वर्षभन्दा ३०० करोड भन्दा बढी हो ।

टिम ड्रपरः सिलिकन भ्यालीमा रहँदै आएका ड्रपरको कूल १.१ बिलियन डलर बराबरको सम्पत्ति रहेको छ । उनी टेस्लामा समेत जोडिएका थिए । विशेषगरी उनले भेन्चर क्यापिटलमा समेत काम गरेका छन् । उनले ६३२ डलरका दरले बिटक्वाइनको खरिद गरेका थिए ।

उनले बिटक्यान्लाई भविष्य को मुद्राकोरुपमा समेत लिएका छन् । हामी अहिले के देखिरहेका छौं भने मानवीय रुपमा अब डलर क्रमशः बिटक्यान्तर्फ आर्कषित भइरहेको छ ।

माइकल साइलरः बिटक्वाइनमा अर्का अर्बपतिका रुपमा चिनिएका माइकल साइलर माइक्रोस्टे«टीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनको ६०० मिलियन डलर बराबरको सम्पत्ति रहेको छ ।

उनले अमेरिकी डलरको अवमूल्यनको चिन्ता औंल्याएका थिए । फेडरल रिजर्भले अरबौं डलरको प्रिन्ट गर्नुको परिणामका रूपमा कोरोनालाई औल्याउँदै उनले आगामी दिनमा बिटक्वाइन नै असली हिस्सेदार हुने बताएका छन् । उनले बिटक्वाइनको तथ्यांकका बारेमा विश्लेषण गर्न आफ्नो कम्पनीको सफ्टवेयरलाई अनुकूलित गर्ने प्रयासको नेतृत्व गरिरहेका छन । गत अगस्टमा बिटक्वाइन खरीद गर्ने घोषणा गरेदेखि नै उनको कम्पनी माइक्रोस्टे«टीको सेयर मूल्यमा चार गुणाले वृद्धि भएको छ ।

माइक नोभोगार्जः बिटक्वाइनमा राज गरेका अर्का धनाढ्य हुन माइक नोभोगार्ज । उनको कूल सम्पत्ति मात्रै ६२१ मिलियन रहेको छ । पछिल्लो चार महिनामा उनको सम्पत्ति ३०० प्रतिशतले वृद्धि भएको छ ।

शुरुमा ४७८ मिलियन डलर रहेको उनको सम्पत्ति बढेको हो । इलोक्सी क्रिप्टो नाम दिइएको छ । उनी आफैं इलोक्सी इन्भेस्टमेन्टको प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २०१३ देखि नै उनी किप्टोकरेन्सीको क्षेत्रमा काम गरेको देखिन्छ ।
उनले व्यक्तिगत रुपमा खरिद गरेको किप्टोकरेन्सीको बारेमा केही खुलाएका छैनन् । उनले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

भिटालिक बुटरिनः भर्अुअल मुद्राको अर्का धनाढ्य हुन भिटालिक बुटरिन । उनी शैक्षिक तथा सामाजिक क्षेत्रका एक अभियन्ताका रुपमा चिनिन्छन् । उनले किप्टोकरेन्सीलाई पनि त्यसैमा प्रयोग गरेको समेत बताउने गरेका छन् ।

उनको साथमा हाल १२३ बिलियन बराबरको सम्पत्ति रहेको छ । उनले क्रमशः आफूलाई बिटक्वाइनको बादशाहका रुपमा उभ्याएका छन् ।


पुष्प दुलाल