नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । ६ वर्षे विकास ऋणपत्र २०८३ नाम दिइएको ऋणपत्र माघ २० गते बोलकबोलमार्फत् बिक्री गरिनेछ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कमपनी तथा नेपाल नागरिकहरुले भाग लिन सक्नेछन् ।


क्लिकमान्डु