कामना सेवाको वी च्याट युनियन पे सेवा सञ्चालनमा



काठमाडौं । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रालिबीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदै वी च्याट र युनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी ग्राहकले कामना सेवा विकास बैंक लिसगँ आवद्ध मर्चेन्टबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यूआर कोड स्क्यान गरी/गराई वी च्याट पे र युनियन पेका साथै अलिपे, खल्ती, प्रभु पे, क्यू पे, आईएमई पे, स्मार्ट क्यूआरलगायत अन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु