सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा शुरु



काठमाडौं । सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।

दुई वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६८ पुगेको छ । शनिबार आयोजित दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं.११, का उप–प्रमुख श्रीमती माया कुमारी कार्की र उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष श्री रुद्रमणी नेवारको उपस्थिती रहेको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा शुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु