तिनाउ मिसन डेभलपमेन्ट बैंकका कावासोती र धारापानीमा २ शाखा बिस्तार



काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले नवलपरासीको कावासोती र धारापानीमा २ वटा शाखा बिस्तार गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा नं. २, थानाचोक र देवचुली नगरपालिका वडा नं. ११, धारापानीमा आइतबार एकैदिन दुई वटा शाखा बिस्तार गरेको हो ।

शाखा कार्यालय कावासोतीमा विकास बैंक सञ्चालक समितका अध्यक्ष जीवनप्रसाद ओझा र कावासोती नगरपालिकाका नगर प्रमुखचन्दा कुमारी पुनले संयुक्तरुपमा गरे भने धारापानीमा सञ्चालक समितका अध्यक्ष जीवनप्रसाद ओझाले समुद्घाटन गरे ।

शाखा उद्घाटनको अवसरमा बैंकले कावासोतीमा रहेका श्री शिव माध्यमिक विद्यालय र श्री नवदुर्गा आभारभूत विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरु र धारापनीमा रहेका श्री दिव्यज्योती आधारभूत विद्यालय र श्री जन ज्योति नमूना माध्यमिक विद्यालयका ४ जना छात्र तथा छात्राहरुलाई नगद तथा स्टेशनरी सामग्री प्रदान गरेको थियो ।

१७ अर्व ७१ करोड निक्षेप संकलन गरी १३ अर्व ४४ करोड कर्जा लगानी गरेको बैकले १५ वटा एटीमबाट सेवा दिइरहेको छ । विकास बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनलले गाभ्नका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विकास बैंकको गत माघ १५ गते सम्पन्न साधारणसभाबाट सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिने सम्बन्धी विषेश प्रस्ताव सर्वसम्तले स्वीकृत भइसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकीकृत कारोवार हुनेछ ।


क्लिकमान्डु