नेपाल राष्ट्र बैंकमा ५ जना निर्देशकमा बढुवा



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ५ जना निर्देशक बढुवा भएका छन् । प्रशासन सेवातर्फ रिक्त रहेको निर्देशक पदमा ५ जना उप–निर्देशकहरुको माघ १६ गते बढुवा भएको हो ।

रिक्त रहेको पदमा मूल्यांकनका आधारमा बढुवा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंक, कर्मचारी विनियमावली अनुसार बढुवा मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने उम्मेद्वारलाई उप–निर्देशकबाट निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

उपनिर्देशकबाट निर्देशकमा बढुवा हुनेमा निरा ताल्चाभडेल मुद्रा व्यवस्थापन विभागमा, विज्ञानराज सुवेदी र माधव दंगाल आर्थिक अनुसन्धान विभागमा, थानेश्वर आर्चाय कानून महाशाखा, नारायणप्रसाद पोखरेल गर्भनर कार्यलयमा बढुवा भएका हुन् ।


क्लिकमान्डु