कोरोना असरः बैंकहरुको प्रतिसेयर आम्दानी १८ प्रतिशतले घट्यो, कसको कति ?



काठमाडौं । कोरोना भाइसरको असर बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) मा देखिएको छ । ०७६ पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी ०७७ पुस मसान्तमा करिब १८ प्रतिशतले घटेको छ ।

गत वर्षको पुस मसान्तमा वाणिज्य बैंकहरुको कुल प्रतिसेयर आम्दानी ६ सय ५९ रुपैयाँ १४ पैसा थियो । जुन चालु आवको पुस मसान्तमा आइपुग्दा १७.७४ प्रतिशत अर्थात् १ सय १६ रुपैयाँ ९८ पैसाले घटेर ५ सय ४२ रुपैयाँ १६ पैसामा सीमित भएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसअनुसार गत वर्षको पुस मसान्तको तुलनामा २१ वटा बैंकको इपीएस चालु आवको पुस मसान्तमा घटेको छ । सो अवधिमा ६ वटा बैंकको मात्र इपीएस बढेको छ ।

जसमा प्रभु बैंकको इपिएस २१.०२ प्रतिशत अर्थात् ४ रुपैयाँ ६५ पैसाले बढेर २६ रुपैयाँ ७७ पैसा, ग्लोबल आइएमई बैंकको २०.४३ प्रतिशत अर्थात् ३ रुपैयाँ ६३ पैसाले बढेर २१ रुपैयाँ ४० पैसा र सिटिजन्स बैंकको ११.७९ प्रतिशत अर्थात् १ रुपैयाँ ८८ पैसाले बढेर १७ रुपैयाँ ८३ पैसा पुगेको छ ।

साथै, सो अवधिमा नेपाल बंगलादेश बैकको १०.९७ प्रतिशत अर्थात् २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा, एनएमबी बैंकको १०.७८ प्रतिशत अर्थात् २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ ५० पैसा र कुमारी बैंकले ४.१६ प्रतिशत अर्थात् ७० पैसाले बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ ।

कुन बैंकको इपीएस कतिले घट्यो ?

गत बर्षको पुस मसान्तको तुलनामा बैंकको नाफा सामान्य बढे पनि सेयरमा लगानी गरेका सर्वसाधारणले गत वर्षभन्दा कम प्रतिफल पाउने भएका छन् । अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घटेका कारण सर्वसाधारणले पाउने प्रतिफलमा समेत कमी आएको हो ।

सो अवधिमा २१ वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी १.७५ प्रतिशतदेखि ७०.१० प्रतिशतसम्मले घटेको छ भने ६ वटा वाणिज्य बैंकको ४.१६ प्रतिशतदेखि २१.०२ प्रतिशतले बढेको छ ।

गत पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा सबैभन्दा बढी हिमालयन बैंकको प्रतिसेयर आम्दानी ७०.१० प्रतिशतले घटेको छ ।

गत आवको पुसमा ४० रुपैयाँ ९० पैसा रहेको प्रतिसेयर आम्दानी २८.७६ प्रतिशतले घटेर १२ रुपैयाँ २३ पैसामा सीमित भएको छ ।

साथै, सो अवधिमा प्रतिसेयर आम्दानी एभरेष्ट बैंकले ३९.३३ प्रतिशत अर्थात् १४ रुपैयाँले घटाएर २१ रुपैयाँ ६३ पैसा र स्ट्याण्र्डड चार्डर्ट बैंकले ४४.५६ प्रतिशत अर्थात् १३ रुपैयाँ ६५ पैसाले घटाएर १६ रुपैयाँ ९८ पैसामा सीमित गरेको छ ।

यसैगरी, गत आवको पस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा नेपाल एसबीआई बैंकको ५१.४६ प्रतिशत अर्थात् १२ रुपैयाँ १९ पैसाले घटेर ११ रुपैयाँ ५० पैसा, सीभिल बैंकको ३५.९६ प्रतिशत अर्थात् १ रुपैयाँ ४२ पैसाले घटेर २ रुपैयाँ ५३ पैसा र सेञ्चुरी बैंकको ३३.१४ पैसा अर्थात् ५ रुपैयाँ १२ पैसाले घटेर १० रुपैयाँ ३३ पैसामा सीमित भएको छ ।

साथै, सो अवधिमा बैंक अफ काठमाण्डूको २९.०६ प्रतिशत अर्थात् ६ रुपैयाँले घटेर २१ रुपैयाँ ३७ पैसा, नेपाल बैंककको २२.४९ प्रतिशत अर्थात् ६ रुपैयाँ २० पैसाले घटेर २१ रुपैयाँ ३७ पैसा र राष्ट्रिय वाणिज्य बैंकको २०.८५ प्रतिशत अर्थात् १० रुपैयाँ २३ पैसाले घटेर १४ रुपैयाँ ६७ पैसामा सीमित भएको छ ।

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोी अवधिमा एनसीसी बैंकको १८.८० प्रतिशत अर्थात् ३ रुपैयाँले घटेर १३ रुपैयाँ १३ पैसा, कृषि विकास बैंकको १८.३२ प्रतिशतले घटेर अर्थात् ४ रुपैयाँ ७३ पैसाले घटर २१ रुपैयाँ ०९ पैसा र लक्ष्मी बैंकको १८.०३ प्रतिशत अर्थात् ३ रुपैयाँ ३२ पैसाले घटेर १५ रुपैयाँ ०९ पैसामा सीमित भएको छ ।

साथै, सो अवधिमा नेपाल इन्भेष्टमेण्ट बैंकको १५.८८ प्रतिशत अर्थात् ३ रुपैयाँ ७२ पैसाले घटेर १९ रुपैयाँ ७१ पैसा, सानिमा बैंकको १५.७९ प्रतिशत अर्थात् ४ रुपैयाँ १३ पैसाले घटेर २२ रुपैयाँ ०२ पैसा र एनआइसी एशिया बैंकको १४.१३ प्रतिशत अर्थात् ५ रुपैयाँ ८८ पैसाले घटेर ३५ रुपैयाँ ७३ पैसामा सीमित भएको छ ।

यस्तै, सो अवधिमा नबिल बैंकको ११.६५ प्रतिशत अर्थात् ५ रुपैयाँ २८ पैसाले घटेर ४० रुपैयाँ ०४ पैसा, सिद्धार्थ बैंकको १०.५१ प्रतिशत अर्थात् २ रुपैयाँ २१ पैसाले घटेर १८ रुपैयाँ ८२ पैसा र सनराइज बैंकको ४.९९ प्रतिशत अर्थात् १ रुपैयाँ ०५ पैसाले घटेर २० रुपैयाँ ०१ पैसामा सीमित भएको छ ।

साथै, प्राइम बैंकको २.५९ प्रतिशत अर्थात् ६० पैसाले घटेर २२ रुपैयाँ ५५ पैसा, माछापुच्छ्रे बैंकको २.३७ प्रतिशत अर्थात् ४३ पैसा र मेगा  घटेर १७ रुपैयाँ ७३ पैसा बैंकको १.७५ प्रतिशत अर्थात् ३२ पैसाले घटर १७ रुपैयाँ ९७ पैसामा सीतित भएको छ ।


पुष्प दुलाल