६ महिनामा बैंकका कर्मचारीलाई ५ अर्ब बोनस, कुन बैंकको कति ? (सूचिसहित)



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ४ अर्ब ९२ करोड ६२ लाख रुपैयाँ कर्मचारीलाई बोनस दिन बजेट छुट्याएका छन् । कतिपय बैंकहरुले बोनस दिइसकेका छन् भने कतिपयले यसरी छुट्याइएको रकमबाट बोनस दिन बाँकी छ ।

यो ६ महिनाको अवधिमा बैंकका कर्मचारीहरुले १८ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ तलबभत्ता बापत बुझेका छन् । वाणिज्य बैंकहरुमा ३७ हजार कर्मचारी कार्यरत छन् । जसअनुसार ६ महिनामा मात्रै औषतमा बैंकका कर्मचारीहरुले १ लाख ३३ हजार रुपैयाँका दरले बोनस थाप्नेछन् ।

कतिपय बैंकका कर्मचारीले औसतभन्दा धेरै र कतिपयका कर्मचारीले कम बोनस पाउने छन् । वाणिज्य बैंकहरुले कर्मचारीको खर्चको औषतमा २६ प्रतिशतले बोनस छुट्याएका छन् ।

कर्मचारी खर्चमा बोनसको प्रतिशत हेर्दा कर्मचारीका लागि सबैभन्दा बढी बोसन दिने बैंक हो प्राइम । कम कर्मचारी राखेर कम खर्च गर्दै आएको प्राइमका कर्मचारीले राम्रो बोनस पाउने छन् ।

यो ६ महिनाको अवधिमा प्राइम बैंकले कर्मचारीलाई ४७ करोड २१ लाख ५९ हजार रुपैयाँ तलब दिएको छ भने बोनसका लागि २८ करोड ८१ लाख १९ हजार रुपैयाँ छुट्याएको छ । प्राइम बैंकले कर्मचारी खर्चको ६० प्रतिशत बोनसका लागि छुट्याएको हो ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले ४९ करोड ९२ लाख ३४ हजार रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ भने बोनसका लागि २५ करोड १८ लाख ४३ हजार रुपैयाँ बोनसका लागि छुट्याएकोछ । बैंकले कर्मचारी खर्चको ५०.४ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

त्यस्तै, यो ६ महिनाको अवधिमा नबिल बैंकले कर्मचारीका लागि ७५ करोड ९६ हजार रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ भने ३१ करोड ८४ लाख ८७ हजार रुपैयाँ बोनसका लागि छुट्याएको छ । बैंकले कर्मचारी खर्चको ४२.५ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

त्यसैगरी, नेपाल बंगलादेश बैंकले ४२ करोड १५ लाख २४ हजार रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ भने १४ करोड ८४ लाख ६७ हजार रुपैयाँ बोनसका लागि छुट्याएको छ । बैंकले कर्मचारी खर्चको ३५.२ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

त्यस्तै, यो अवधिमा ४१ करोड ७७ लाख ६६ हजार रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको सिटिजन्स बैंकले बोनसका लागि १४ करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको ३३.९ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

त्यसैगरी, कर्मचारीको तलबभत्तामा ५० करोड ९ लाख ७४ हजार रुपैयाँ खर्च गरेको सानिमा बैंकले बोनसका लागि १६ करोड ७२ लाख ९७ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको ३३.४ प्रतिशत बोनसका लागि छुट्याएको हो ।
त्यस्तै, ८१ करोड ७९ लाख ११ हजार रुपैयाँ कर्मचारीका लागि तलबभत्तामा खर्च गरेको एनएमबि बैंकले बोनसका लागि २५ करोड ४६ लाख ५९ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको ३१.२ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

त्यसैगरी, कर्मचारीका लागि १ अर्ब ४ करोड ९२ लाख ९३ हजार रुपैयाँ खर्च गरेको एनआइसी एशिया बैंकले ३२ करोड ७० लाख रुपैयाँ ६९ हजार रुपैयाँ बोनसका लागि छुट्याएको छ । बैंकले कर्मचारी खर्चको ३१.२ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

त्यस्तै, कर्मचारीको तलबभत्ताका लागि ६८ करोड २५ लाख ३० हजार रुपैयाँ खर्च गरेको मेगा बैंकले बोनसका लागि २० करोड २० लाख ९६ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २९.६ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ४० करोड ६५ लाख ८८ हजार रुपैयाँ छुट्याएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोनसका लागि ११ करोड ५४ लाख ९८ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २८.४ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा १ अर्ब २७ करोड १० लाख ४५ हजार रुपैयाँ खर्च गरेको ग्लोबल आइएमइ बैंकले बोनसका लागि ३६ करोड ८२ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २८.३ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबमा १ अर्ब ९ करोड १७ लाख ५० हजार रुपैयाँ खर्च गरेको राष्ट्रिय वाणिज्य बैंकले बोनसका लागि २७ करोड ७५ लाख ७५ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २५.४ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबमा ७७ करोड ७७ लाख ८६ हजार रुपैयाँ खर्च गरेको कुमारी बैंकले बोनसका लागि १९ करोड ५३ लाख ७० हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २५.१ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ६१ करोड ६५ लाख ६ हजार खर्च गरेको एभरेष्ट बैंकले बोनसका लागि १५ करोड २६ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २४.८ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ६३ करोड ३६ लाख ४१ हजार खर्च गरेको १५ करोड ७ लाख रुपैयाँ छुट्याएकोछ । बैंकले कर्मचारी खर्चको २३.८ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ५२ करोड ६५ लाख खर्च गरेको लक्ष्मी बैंकले बोनसका लागि १२ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २३.७ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तमा ४९ करोड ५ लाख ११ हजार रुपैयाँ खर्च गरेको बैंक अफ काठमाण्डूले ११ करोड ४२ लाख २७ हजार रुपैयाँ बोनसका लागि छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २३.३ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा १ अर्ब ३७ लाख ६६ हजार रुपैयाँ खर्च गरेको नेपाल बैंकले बोनसका लागि २३ करोड ६ लाख ३० हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २३ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा १ अर्ब ३ करोड १७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको प्रभु बैंकले बोनसका लागि २३ करोड रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको २२.४ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीका लागि ४९ करोड ५३ लाख ७९ हजार रुपैयाँ खर्च गरेको एनसीसी बैंकले बोनसका लागि ९ करोड ५१ लाख १२ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको १९.२ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ४१ करोड ३५ लाख ३१ हजार रुपैयाँ खर्च गरेको सेञ्चुरी बैंकले बोनसका लागि ७ करोड ४० लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको १७.९ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा १ अर्ब २१ करोड ४७ लाख ६० हजार रुपैयाँ खर्च गरेको कृषि विकास बैंकले बोनसका लागि २१ करोड ११ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको १७.४ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ८६ करोड ८९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको सिदार्थ बैंकले बोनसका लागि १४ करोड ८५ लाख ९५ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको १७.१ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीका लागि ७७ करोड ३२ लाख ८७ हजार रुपैयाँ खर्च गरेको माछापुच्छ्रे बैंकले बोनसका लागि १२ करोड ७५ लाख २१ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको १६.५ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ६४ करोड १० लाख २८ हजार रुपैयाँ खर्च गरेको हिमालयन बैंकले बोनसका लागि १० करोड ४९ लाख ३ हजार रुपैयाँ छुट्याएकोछ । बैंकले कर्मचारी खर्चको १६.४ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ६५ करोड १९ लाख १७ हजार रुपैयाँ खर्च गरेको एसबिआई बैंकले बोनसका लागि ८ करोड १७ लाख २४ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको १२.५ प्रतिशत बोनसका लागि छुट्याएको हो ।

कर्मचारीको तलबभत्तामा ४५ करोड ७० लाख ५४ हजार रुपैयाँ खर्च गरेको सिभिल बैंकले बोनसका लागि ३ करोड ६ लाख ९१ हजार रुपैयाँ छुट्याएको छ । बैंकले कर्मचारी खर्चको ६.७ प्रतिशत बोनसका लागि छुट्याएको हो ।


पुष्प दुलाल