एनएमबिको क्यूआर कोडबाट बल्खु तरकारी बजारमा कारोवार शुरु



काठमाडौं । एनएमबि बैंकले बल्खु तरकारी बजारमा नगदरहित क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बल्खु तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी सेवाको औपचारीक सुरुवात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्यूआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।

उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा बैंक उन्मुख रहेको बताए ।

वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागी थप कार्यक्रम गर्नेमा प्रतिबद्ध उनले गरेका छन् ।


क्लिकमान्डु