हिमालयन डिस्टीलरीको ५० प्रतिशत नगद लाभांश बुझ्न १५ सय जनाले डिम्याट खोल्नुपर्ने



काठमाडौं । हिमालयन डिष्टिलरीले सेयर खाता डिम्याट गराउन भनेको छ । कम्पनीले वितरण गरेको गत आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत नगद लाभांश बुझ्नका लागि सेयर खाता डिम्याट गराउन भनेको हो ।

कम्पनीले शुक्रबार सुचना जारी गर्दै सेयरधनीलाई बैंक खाता अपडेट समेत गराउन भनेको छ । साथै, सेयर धितोमा राखी कर्जा लिएका सेयरधनीको समेत नगद लाभांश लिनका लागि फकुवा पत्र पत्र भएपछि मात्र लाभांश खातामा पठाइने कम्पनीले जनाएको छ ।

कम्पनीमा डिम्याट र फिजिकल गरी हालसम्म कुल ७ हजार ५ सय ३१ जना सेयरधनी छन् । जसमा २०.२४ प्रतिशत अर्थात् १ हजार ५ सय २५ जना सेयरधनीको सेयर खाता डिम्याट भएको छैन ।

हालसम्म सेयर डिम्याट नभएकाहरुका लसेयर लगानीकर्ताले नबिल इन्भेष्टमेण्टमा डिम्याट खाता खोली सेयर प्रमाणपत्र जम्मा गर्न कम्पनीले भनेको छ । कम्पनीको कुल ७५ लाख ८४ हजार कित्ता सेयरमा ९३ हजार १ सय ९५ कित्ता सेयरको डिम्याट नभएको हो ।


पुष्प दुलाल