राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २०.८५ प्रतिशतले घट्यो, अन्य वित्तीय सुचम कस्तो ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २०.८५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बैंकको खुद नाफा चालु आवको सोही अवधिमा ४० करोड ६ लाख रुपैयाँले घटेको हो ।

गत आवको सोही अवधिमा बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा १ अर्ब ८० करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलन ४.५९ प्रतिशत र कर्जा प्रवाह ७.८८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४१ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६२ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्म ५ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकले चालु आवको सोही अवधिमा ब्याज आम्दानी २२.७३ प्रतिशतले घटाएर ३ अर्ब ९१ करोड २ लाख रुपैयाँमा सीमित गरेको छ । साथै, सो अवधिमा बैंकले ४ अर्ब ५० करोड रुपैयाँमा सञ्चालन नाफा कमाएको छ ।

यस्तै, पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ४.२३ प्रतिशत, बेसरेट ५.६१ प्रतिशत, कष्ट अप फण्ड ३.२९ प्रतिशत, सीसीडी रेसीयो ६५.४० प्रतिशत र स्प्रेडरेट ४.०९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु