प्रदेश लोकसेवाले माग्यो १४९ अधिकृत, विज्ञापन सहित



काठमाडौं । प्रदेश लोकसेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिकतर्फ १४९ अधिकृत माग गरेको छ । स्थानीय तहमा रिक्त पदमा खुला र समावेशी प्रतियोगात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले उक्त कर्मचारी संख्याको माग गरेको हो ।

आयोगले तोकिएको न्यूनतम योग्यता पुगेको उम्मेदवारहरुले अनलाइन प्रनालीमार्फत आवदेन गर्नुपर्ने जनाएको छ । साथै, परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाइ प्रथामिकता क्रमअनुसार स्थानीय तह तोकी रिक्त पदमा सिफारिस गरिनेछ ।

जसमा उम्मेदवारहरुलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्त दिनुका साथै सेवाका सर्त, तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानुन बमोजिम हुने जनाएको छ ।

आयोगका अनुसार परीक्षा लिखित, कम्प्युटर सीप, प्रयोगात्मक हुने भएको छ । जसको परीक्षाकेन्द्र हेटौंडा तोकेको छ । आयोगले उक्त माग गरेको पदका लागि १२ सय दरखास्त दस्तुर तोकेको छ । समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रति समहका लागि थप ५ सय रुपैयाँ तोकेको छ ।

आयोगले दरखास्तको अवधि माघ १२ गतेदेखि फागुन ३ गतेसम्म तोकेको छ भने दोब्बर दस्तुर तिरेर फागुन १० गतेसम्म आवेदन दिन पाइनेछ ।


क्लिकमान्डु