जनगणनाका लागि ४७ हजार गणक र सुपरीवेक्षक पदमा जागिर खुल्यो



काठमाडाैं । राष्ट्रिय जनगणना,  २०७८ का लागि गणक तथा सुपरीपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि करारमा गणक तथा सुपरीवेक्षक पदमा अनलाइनमार्फत् दरखास्त आह्वान गरेको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरीवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा भर्ना लिन लागेको जानकारी समेत गराएको छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ । २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

यसपटक मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए । अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइटमा गएर भर्न सकिनेछ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरीवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिएको उनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८, नेपालको १२औं जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । यसपटकको जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।

सच्चाइएको- सम्पादक


क्लिकमान्डु