५ ठकेदार कम्पनी कालोसूचीमा, एक वर्षसम्म प्रतिबन्ध



काठमाडौं । सरकारले तोकिएको काम समयमा पूरा नगरेको अभियोगमा विभिन्न ५ ठेकेदार कम्पनलिाई कालोसूचीमा राखेको छ ।

सार्वजनकि खरिद अनुगमन कार्यालयका अनुसार स्टार अफिस इन्टरनेशनल पुतलीसडकलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ । सो कम्पनीको प्रमुखमा वविता माल रहेकी छिन् ।

यस्तै प्रहरी प्रधान कार्यालयको अनुरोधमा पुतलीसडकमा कम्प्युटरको व्यवसाय गर्दै आएको मेगाटेक टे«ड ग्रुपलाई समेत कालोसूचीमा राखिएको छ । सो कम्पनीका मुख्य व्यक्तिमा शैलेश लोहनी रहेका छन् ।

सडक डिभिजन कार्यालय इलामको पत्रका आधारमा माई भगवती निर्माण सेवा पनि कालोसूचीमा परेको छ । सो कम्पनीको प्रमुखमा मनोज बुढाथोकी रहेका छन् ।

पूर्वाधार विकास कार्यालय कास्कीको पत्रका आधारमा आर्या निर्माण सेवा कालोसूचीमा परेको छ । सो कम्पनीको प्रमुखमा खेमराज विश्व्कर्मा र रबिन श्रेष्ठ मुख्य व्यक्तिका रुपमा रहेका छन् ।

यस्तै, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीको पत्रका आधारमा सिद्धार्थ हार्डवेयर प्रालि बुटवल कालोसूचीमा परेको छ । सो कम्पनीको प्रमुख व्यक्तिमा रुपेशकुमार महेश्वरी रहेका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार तोकिएको काम समयमा पूरा नगरेको पाइएकाले उनीहरुलाई कालोसूचीमा राखिएको सार्वजनकि खरिद अनुगमन कार्यालयले जनाएको छ ।


पुष्प दुलाल