यो वर्ष आउँदैछन् नयाँ मोडलका विद्युतीय कार, फूल चार्ज गर्दा ५६८ किलोमिटर कुद्ने, मूल्य कति ?



एजेन्सी । संसारभर नै पेट्रोलियम पदार्थलाई क्रमशः हटाउँदै बिजुलीबाट चल्ने सवारी साधानको निर्माणलाई गति दिइएको छ । मानिसहरु वातावरणप्रति पनि उत्तिकै सचेत बन्न थालेका छन् ।

ग्रीन हाउस ग्यासको उत्सर्जनका कारण मानव जीवन नै संकटमा पर्ने अवस्था आएपछि वातावरणमैत्री सवारी साधनको विकास र त्यसलाई पूर्ण रुपमा लागू गर्ने तयारी पनि उत्तिकै अगाडि बढेको छ ।

विशेष गरी सवारी साधान निर्माता कम्पनीहरु क्रमशः अब बिजुलीबाट चल्ने सवारी साधनको बहुउपयोग तथा त्यसलाई बढी भन्दा बढी आरामदायी र सुविधा सम्पन्न बनाउन लागिपरेका छन् । प्रतिस्पर्धात्मक बजारमा ती कम्पनीले कसरी बढी भन्दा बढी सुविधा दिन सकिन्छ भनेर लागिपरेका छन् ।

पछिल्ला विवरणहरुमा जनाइए अनुसार एक पटक फूल चार्ज गरेपछि ५६८ किलोमिटरसम्म चल्ने कारदेखि विश्वप्रसिद्ध टेस्ला कम्पनीले पनि आरामदायी विद्युतीय सवारी साधन ल्याउन लागेको छ ।

विभिन्न ५ विद्युतीय कार सार्वजनिक हुन लागेको छ । पहिलो चरणमा बढी जनसंख्या भएको छिमेकी देश भारतमा आउन लागेका ती विद्युतीय कार क्रमशः नेपालमा समेत भित्रनेछ ।

विश्वप्रसिद्ध कम्पनी महिन्द्राले सन् २०२० को अटो उक्पोमा नै इकेयूभी १०० तगा इएक्सयूभि ३०० मोडलको नयाँ कार सार्वजनिक गरेको थियो । भारतमा टेस्लाका नयाँ ३ वटा मोडल सन् २०२१ को मध्यतिर सार्वजनिक गर्ने तयारी गरिएको छ ।
भारतमा क्रमशः विद्युतीय सवारी तर्फ आकर्षण बढीरहेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको वायु प्रदुषण हटाउनका लागि क्रमशः विद्युतीय सवारीलाई प्राथमिकता दिने योजना नै अगाडि सारेका छन् ।

उनले विभिन्न अनुदान तथा राहत प्याकेज नै अगाडि सारेका छन् । भारतको अटो उद्योग समेत तिव्र गतिमा विद्युतीयतर्फ अगाडि बढीरहेको छ । कयौं कम्पनीले उक्त सेगमेन्टमा प्रवेश गर्नका लागि  तयारी समेत गरिरहेका छन् ।

विवरणका अनुसार यस वर्ष कयौं विद्युतीय सवारी साधन भारतमा सार्वजनिक गर्ने तयारी गरिएको छ । त्यसमा सस्तादेखि विलाशी विद्युतीय सवारी साधन समेत रहेका छन् ।

यस वर्ष विद्युतीय सवारी साधन खरिद गर्न चाहनेलाई सुवर्ण अवसर प्रदान गर्दै विभिन्न कम्पनीले फरक फरक खालका आफनो क्षमता अनुसारको सवारी साधन सार्वजनिक गर्न लागेका छन् । त्यसमा सबै जसो विद्युतीय सवारी साधन नै रहेका छन् ।

टाटा अल्ट्रोज इभी
प्रसिद्ध कम्पनी टाटाले सन् २०२१ को मध्यतिर टाटा अल्ट्रोज इभी सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त सवारी साधनको सम्भावित मूल्य १२ देखि १५ लाख भारतीय रुपैयाँ पर्नेछ ।

यसमा एक पटक फूल चार्ज गरेपछि ३०० किलोमिटरसम्म चल्ने क्षमताको व्याट्री प्रयोग गर्न लागिएको छ । उक्त सवारी साधन पहिलो पटक सन् २०१९ मा जेनेभा मोटर शोमा प्रर्दशन गरिएको थियो ।

त्यसपछि सन् २०२० को भारतीय अटो शोमा समेत राखिएको थियो । सो सवारी साधन एक पटक फूल चार्ज गरेपछि २५० देखि ३०० किलोमिटरसम्म चल्ने गरी केही प्रविधि थप गरिएको छ ।

महिन्द्रा इकेयूभि १००
महिन्द्रा कम्पनीले सन् २०२१ को मध्यसम्म महिन्द्रा इकेयूभि १०० मोडलको विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक काम भइरहेको छ ।

सो विद्युतीय सवारीको मूल्य ८ लाख २५ हजार भारतीय रुपैयाँ पर्ने अनुमा गरिएको छ । एक पटक फूल चार्ज गरेपछि सो सवारी साधनले कूल १४७ किलोमिटर यात्रा तय गर्न सक्नेछ ।

सो सवारी साधनलाई भारतमा अनुदान समेत दिने व्यवस्था गरिएको छ । अनुदान नहुँदा मूल्य केही बढी पर्न सक्नेछ । सो सवारी साधनमा १५.९ किलोवाट घण्टा बराबरको व्याट्री प्रयोग गर्न लागिएको छ ।

महिन्द्रा इएक्सयूभि ३००
महिन्द्रा कम्प्नीले सन् २०२१ मा नै सार्वजनिक गर्ने तयारी गरेको महिन्द्रा इएक्सयूभि ३०० को मूल्य भने १४ लाख देखि १६ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । सो सवारी साधन एक पटक फूल चार्ज गरेपछि कूल ३७० किलोमिटरको दुरी तय गर्न सक्ने बताइएको छ ।

हुण्डाई कोना इभी

विश्वप्रसिद्ध कार निर्माता कम्पनी हुण्डाईले पनि सन् २०२१ म नै कोना इभी फेसलिस्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सो सवारी साधनको सम्भावित मूल्यका बारेमा केही जानकारी हालसम्म सार्वजनिक भएको छैन ।

विवरणहरुमा जनाइएअनुसार सो सवारी साधन एक पटक फूल चार्ज गर्ला ४८३ किलोमिटर बराबरको दुरी तय गर्न सक्ने गरी डिजाइन गरिएको छ । सो कम्पनीले फेसलिफ्ट मोडल समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्यसमा अनेकन फिचर्स समेत उपलब्ध हुनेछन् । त्यसमा १०.२५ इनचको डिजिटल डिस्प्ले, हिटेड सिट रहनेछ । त्यसमा ३९.२ किलोवाट घण्टा बराबरको व्याट्री उपलब्ध हुनेछ ।

त्यसबाट ३०४ किलोमिटर ड्राइभिङ रेञ्ज प्रदान गर्नेछ । त्यस्तै टप स्पेक मोडलमा भने ६४ किलोवाट घण्टा बराबरको व्याट्री उपलब्ध हुनेछ । त्यसबाट ४८३ किलोमिटर बराबरको दूरी तय गर्न सकिनेछ ।

टेस्ला मोडल ३
संसारभर नै नाम र दाम दुवै कमाएको टेस्ला कम्पनीले तेस्रो विद्युतीय सवारी साधनको मोडल सार्वजनिक गर्ने तयारी गरेको छ ।

विवरणहरुमा जनाइएअनुसार सन् २०२१ को मध्यतिर सार्वजनिक हुने भनिएको सो विद्युतीय सवारी साधनको मूल्य भने ५५ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

एक पटक फूल चार्ज गरेपछि कूल ५६८ किलोमिटर बराबरको यात्रा तय गर्न सकिनेछ । आरामदायी सुविधा समेत प्रदान गर्न लागिएको टेस्लाको सो कारलाई भने संसारभर नै प्रतिक्षा गरिएको कारको रुपमा लिइएको छ ।

सो कम्पनीको सवारीका लागि विभिन्न ३ प्रकारका व्याट्रीको छनोटको सुविधा समेत रहेको छ । जस्तै, ५० किलोवाट घण्टा, ५४ किलोवाट घण्टा र ७५ किलोवाट घण्टा । त्यसलाई आरामदायी सवारी साधनको रुपमा लिइएको छ ।


पुष्प दुलाल