सिंगटी हाइड्रोको आइपिओ बिक्री शुरु



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आइतबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपिओ) बिक्री शुरु गरेको छ ।

प्रवद्र्धक कम्पनीले आयोजना प्रभावित दोलखाको अति प्रभावित बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहका लागि १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर। बिक्री शुरु गरेको हो ।

कम्पनीका अनुसार आईपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

सो कम्पनीको सेयरको निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत २२ करोड रहेको छ । यस्तै लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष रहेको छ ।


पुष्प दुलाल