दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजा अझ विस्तार हुँदै



काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ ।

सामसङ्ग इलेक्ट्रोनिक्सका भाईस प्रेसिडेन्ट सुंग जुन पार्कले शोरुमको उदघाटन गरेका छन् । सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पुर्याउँदै आइरहेको छ ।

सामसङ्ग डिजिटल प्लाजामा किउएलईडी टिभी, एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका ५ वटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।


पुष्प दुलाल