विप्लव नेकपाको पश्चिम कमाण्ड इन्चार्ज बाँस्तोला पक्राउ

क्लिकमान्डु २०७७ पुष २९ गते १६:४८ मा प्रकाशित

काठमाडौं । नेकपा विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनी विप्लव समूहको पश्चिम कमाण्ड प्रमुख हुन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
यस्तै विप्लव निकट रहेका पत्रकारले समेत नेता बाँस्तोला पक्राउ परेको जानकारी दिएका छन् ।

विप्लव निकट पत्रकार समूहका अध्यक्ष रहेका प्रकाश डुम्रे एवम् हिम विष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला पक्राउ परेको जनाएका छन् । उनी सो समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेको बताइएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स