लोकसेवा आयोगले सुब्बाका लागि ४११ पदमा जागिर खुलायो, ४३२ जना बढुवा हुने



काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा पदमा ८४३ जनाका लागि जागिर खुलाएको छ । आयोगका अनुसार खुलाबाट ४११ जना र बढुवाबाट ४३२ जना गरी पदपूर्ती गरिनेछ ।

आयोगले जारी गरेको विज्ञापनमा आवेदन दिने अन्तिम मिति माघ १० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्मका लागि तोकेको छ । आयोगले परीक्षा मिति पछि तोक्ने भनेको छ ।

प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ दस्तुर तोकिएको छ भने समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिनेले प्रत्येक समूहका लागि २ सय रुपैयाँ अतिरिक्त बुझाउनुपर्नेछ ।

१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । तथा महिला र अपांगहरुको हकमा भने अधिकतम उमेर ४० वर्ष तोकिएको छ । सम्पूर्ण विज्ञापन हेर्न लोकसेवा आयोगको वेवसाइटमा गएर हेर्न सकिन्छ ।

खुलाको विज्ञापन यहाँ छ ।


क्लिकमान्डु