कुन बैंकका सीइओको तलब-भत्ता कति ?



काठमाडौं । बैंकको जागिर निकै नै आकर्षक मानिन्छ । त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भनेपछि त मानसम्मान र पैसा पनि मालामाल हुन्छ ।

त्यसैले पनि बैंकिङमा करियर बनाउनेहरुको जमात निकै ठूलो छ । वार्षिकरुपमा करोडौं तलबभत्ता पाइने भएपछि सीइओको जागिर आकर्षक त हुने नै भयो ।

तर, बुझ्नुपर्ने कुरा के छ भने यसरी करोडौं कमाउने सीइओहरुले आफू मात्रै कमाउँदैनन् । आफ्नो कमाइबाट राज्यलाई ३५ प्रतिशतसम्म कर तिरेर राज्यलाई योगदान गरेका हुन्छन् ।

कमाउने मान्छेहरु भएनन् भने राज्यलाई कर पनि कम उठ्छ । र, राज्यले विकास निर्माण र गरिब निमूखाका लागि खर्च गर्न सक्दैन । त्यसैले देशमा जति धेरै कमाउने मान्छेहरुको संख्या बढ्यो राज्य उति नै धनी हुन्छ ।

कुन बैंकका सीइओले तलबभत्ता कति ?

अशोक शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब एकवर्षमा १ करोड १३ लाख रुपैयाँले बढेको छ ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ मा प्रभु बैंकका सीइओ शेरचनले तलब भत्ता गरेर ३ करोड ४२ लाख ९२ हजार रुपैयाँ बुझेका छन् । यो आर्थिक वर्ष २०७५÷७६ भन्दा १ करोड १३ लाखले बढी हो ।

शेरचनले गत वर्ष तलब वापत २ करोड ५७ लाख रुपैयाँ, बोनस वापत ४८ लाख ७० हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन् । यसरी बुझ्ने रकममा करिब ३६ प्रतिशत कर शेरचनले सरकारलाई बुझाउनुपर्ने हुन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा शेरचनले १ करोड ८० लाख ७४ हजार रुपैयाँ तलब वापत,कर्मचारी बोनस वापत २३ लाख ३६ हजार रुपैयाँ तथा दशैं भत्ता र बिदा वापत २५ लाख ७८ हजार रुपैयाँ बुझेका छन् ।

ज्योति पाण्डे

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता वापत दिएको छ ।

पाण्डेले तलबबापत मात्रै एक करोड ६० लाख रुपैयाँ बुझेका छन् । उनले भत्ताबापत एक करोड ७ लाख रुपैयाँ लिएका छन् । यस्तै बैंकले उनलाई उनलाई २२ लाख ३३ हजार रुपैयाँ दसैैंभत्ता दिएको छ । सञ्चयकोषमा वापत १६ लाख रुपैयाँ उनको नाममा जम्मा भएको छ ।

रोशन न्यौपाने

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत आर्थिक वर्ष वर्ष २ करोड ५० लाख रुपैयाँ पाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा २ करोड १३ लाख रुपैयाँ बुझेका छन् ।

भुवन दाहाल

सानिमा बैंकका सीइओ भुवन दाहालले गत आर्थिक वर्ष १ करोड ४६ लाख १५ हजार रुपैयाँ बुझेका छन् । यो वर्षको विवरणमा तलब भत्ताको पूर्ण विवरण बैंकले दिएको छैन । आर्थिक वर्ष २०७५/७६ मा २ करोड ८ लाख ३९ हजार रुपैयाँ तलब भत्ता वापत दाहालले बुझेका थिए ।

सुनिल केसी

एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई गत आर्थिक वर्षमा तलब भत्ता गरेर २ रकोड ९ हजार ९०५ रुपैयाँ दिएको छ । तलबबापत ५९ लाख ४ हजार रुपैयाँ र सञ्चय कोषबापत पनि ५९ लाख ४ हजार रुपैयाँ दिएको छ ।
यस्तै भत्ता ५२ लाख ४८ हजार रुपैयाँका साथै बोनस तथा वेलफेयरबापत ५५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २ लाख ९ हजार ९०५ रुपैयाँ भुक्तानी गरेको छ।

अनिल शाह

बिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले गतवर्ष १ करोड ६२ लाख रुपैयाँ तलब भत्ता वापत बुझेका छन् । अघिल्लो वर्ष १ करोड ९८ लाख रुपैयाँ बुझेका थिए ।

शोभनदेव पन्त

एक वर्षमा बैंक अफ काठमाडौंका सीइओ शोभनदेव पन्तले २ करोड ८१ लाख ३ लाख ७९० रुपैयाँ तलब भक्ता वापत बुझेका छन् । बैंकले सार्वजनिक गरेको २०७६÷२०७७ को वार्षिक प्रतिवेदनमा पन्तले सो सुविधा बुझेका हुन् । ार्थिक वर्ष २०७५/२०७६ मा उनले २ करोड ३२ लाख ८५ हजार ४९४ रुपैयाँ बुझेका थिए ।

सन्तोष कोइराला
माछापुच्छ्रे बैंकले अघिल्लो वर्ष प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । यो तलब सुमन शर्मा र सन्तोष कोइरालाले सीइओको रुपमा बुझेको हो । वैशाख १ गतेदेखि कोइरालाले सीइओको जिम्मेवारी पाएका थिए ।

सुरेन्द्र भण्डारी

कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले गत वर्ष २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ तलब भत्ता वापत बुझेका छन् । उनले आर्थिक वर्ष २०७६÷ २०७७ मा तलब वापत १ करोड ७ लाख ४७ हजार ६९९ रुपैयाँ पाएका छन् । ४५ लाख ६७ हजार ७७२ रुपैयाँ भत्ता तथा दशैं भत्ता १३ लाख ९ हजार १५ रुपैयाँ बुझेका छन् ।

वार्षिक र संचित विदा वापत ८ लाख ९५ हजार ६४२ रुपैयाँ र अन्य सुविधा वापत ६३ लाख ४० हजार ९२७ रुपैयाँ बुझेका छन् । आर्थिक वर्ष २०७५÷२०७६ मा तलब भत्ता गरेर २ करोड १४ लाख ६३ हजार ४७७ रुपैयाँ पाएका थिए ।

ज्ञानेन्द्र ढुंगाना

नेपाल बंगलादेश (एनबी) बैंकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गतवर्ष १ करोड ४१ लख रुपैयाँ दिएको छ । बैंकको वार्षिक प्रतिवेदनमा तलब बाहेक अन्य सुविधा कति दिएको उल्लेख छैन । तलब बाहेक ढुंगानाले भत्ता लगायतका सुविधा पाउने गर्छन् ।

गणेश पोखरेल

सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलले एक वर्षको अवधिमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६÷२०७७ मा तलब वापत ८४ लाख रुपैयाँ लिगेका छन् भने ३० लाख रुपैयाँ भत्ता बुझेका छन् । जसबाट पोखरेलले ६२ लाख रुपैयाँ कर वापत तिरेका छन् । यसरी पोखरेलको हातमा ६९ लाख ६२ हजार रुपैयाँ लगेका छन् ।

अनुपमा खुन्जेली

मेगा बैंकले गत आर्थिक वर्षमा सीइओ अनुपमा खुन्जेलीलाई १ करोड ७० लाख रुपैयाँ तलब भत्ता वापत दिएको छ । वाणिज्य बैंकमा एक मात्र महिला सीइओ खुन्जेलीले १ करोड २ लाख तलब र बाँकी भत्ता बुझेकी हुन् । दशैं भत्ता वापत ८ लाख, बोनस र कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ उनले बुझेकी छिन्।

आर्थिक वर्ष २०७५/७६ मा उनले १ करोड १४ लाख रुपैयाँ बुझेकी थिइन् ।

अजयबिक्रम शाह

लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहलाई १ करोड ९ लाख ८० हजार रुपैयाँ तलब भत्ता वापत उपलब्ध गराएको छ । बैंकको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा सो सुविधा उपलब्ध गराएको उल्लेख छ ।

अनिरभ घोष देशार

विदेशी लगानीको स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ८७ लाख रुपैयाँ तलब भत्ता वापत दिएको छ । गत वर्ष बैंकले सो पारिश्रमिक सीइओलाई दिएको हो । यस बाहेक सीइओलाई आवास सुविधा समेत बैंकले दिएको छ ।

अनुकुल भट्नाकर

विदेशी लगानीको अर्को बैंक नेपाल एसबीआइ बैंकले प्रमुख कार्यकारीका लागि गत वर्ष १ करोड ७४ लाख ५९ हजार रुपैयाँ दिएको छ । भारतको एसबीआई बैंकले नेपालमा सीइओ पठाउने गर्छ । यसबाहेक सीइओले एसबीआईको तलब सुविधा पाउने गर्छन् । गतवर्षको तलब सुविधा अनुकुल भट्नाकरले बुझेका थिए । अहिले बैंकमा दिपक कुमार सीइओ छन् ।

जनक पौडेल

सनराइज बैंकले प्रमुख कार्यकारी जनक पौडेललाई गत वर्ष १ करोड ३५ लाख रुपैयाँ तलब भत्ता वापत दिएको छ । बैंकको वार्षिक प्रतिवेदनमा उनले सो सुविधा पाएको उल्लेख छ ।


पुष्प दुलाल