पुसको दुई हप्तामै बैंकहरुले ३८ अर्बले ऋण बढाए



काठमाडौं । कोरोनाले प्रभावित अर्थतन्त्र चलायमान हुन थालेको छ । बैंकहरुको कर्जा विस्तारले अर्थतन्त्र चलयामान भएको संकेत गर्छ ।

पुस महिनाको दई हप्तामै वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस ३ गते बैंकहरुको कर्जा ३१ खर्ब २३ अर्ब रुपैयाँ थियो भने पुस १० गते ३१ खर्ब ४० अर्ब र पुस १७ गते ३१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकहरुले ३९ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । पुस ३ गते ३७ खर्ब १७ अर्ब रुपैयाँ हरेको निक्षेप पुस १० गते ३७ खर्ब २९ अर्ब र पुस १७ गते ३७ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

गत चैतयता बैंकहरुले निक्षेपको अनुपातमा कर्जा बढाउन सकेका थिएनन् । जसकारण बैंकहरुमा लगानी योग्य पुँजी (अधिक तरलता) थुप्रिएको थियो ।

कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनका कारण नराम्रोसँग प्रभावित भएको अर्थतन्त्र मंसिरयता लय समात्न थालेको छ ।


पुष्प दुलाल