नेपाल उद्योग वाणिज्य महासंघको उपमहानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंको उपमहानिर्देशकमा पूर्वपत्रकार गोकर्ण अवस्थी नियुक्त भएका छन् ।

पदाधिकारी बैठकको निर्णयअनुसार महासंघ अध्यक्ष शेखर गोल्छाले बुधबार अवस्थीलाई उक्त जिम्मेवारी दिएका हुन् । अवस्थीले महासंघभित्र रहेर अनुसन्धान, कन्टेन्ट राइटिङ र सञ्चार विज्ञको रुपमा काम गर्ने छन् ।

उनीसँग देशविदेशको अर्थतन्त्र र व्यापारका विषयमा राम्रो जानकारी छ । डेढ दशक आर्थिक पत्रकारिता गरेका अवस्थीले दशकभन्दा बढी कान्तिपूर दैनिकमा काम गरेका थिए । कान्तिपूरको बिजनेश एडिटरसम्म भएर उनी पत्रकारिताबाट बाहिरिएका थिए । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन)को पूर्वअध्यक्ष पनि हुन् ।

अवस्थीसँग संयुक्त राष्ट्र संघ नेपालको दिगो विकास लक्ष्य सल्लाहकारका रुपमा काम गरेको अनुभव छ ।

उनले शंकरदेव क्यापम्पसबाट व्यवस्थापनमा स्नाततकोत्तर र भारतको इन्डियन इन्स्टच्यूड अफ मास कम्यिुकेशनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

त्यसैगरी, अन्तर्राष्ट्रिय व्यापार र नेपाली व्यावसायिक वातावरणमा एक दशकदेखि विभिन्न कलेजहरुमा अध्यापना गराउँदै आएका छन् ।

महासंघको उपमहानिर्देशको जिम्मेवारी पाउनु आफ्ना लागि अवसर र चुनौति दुबै भएको अवस्थीले बताए ।

‘यो मेरा लागि अवसर मात्रै होइन, चुनौति पनि हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘आफ्नो बलबुँताले भ्याएसम्म निजी क्षेत्रको विकासका लागि इमानदारीपूर्वक काम गर्नेछु ।’


क्लिकमान्डु