बेस्ट फाइनान्सको सीइओमा उमेश भण्डारी नियुक्त



काठमाडौं । बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्सको संचालक समितिको बैठकले भण्डारीलाई पुस १ देखि लागु हुने गरेर सीइओमा नियुक्त गरेको हो ।

भण्डारी २ दशकभन्दा बढीको बैंकिङ क्षेत्रमा बिताएको अनुभव छ ।

भण्डारी यसअघि कुमारी बैंकमा डिजिएम पदमा कार्यरत थिए ।

माछापुच्छ्रे बैंक,स्टाण्र्डर्ट फाइनान्स र काष्ठमण्डप डेभलपमेन्ट बैंक लगायतका संस्थामा भण्डारीले काम गरेका छन् ।

राष्ट्रिय स्तरको बेस्ट फाइनान्समा १३ वटा शाखा कार्यालय रहेको छ ।


क्लिकमान्डु