२ महिने कार्यकाल समीक्षामा सहरी विकास सचिव सिंहले प्रस्तुत गरे सभाहलबारे गलत तथ्यांक



काठमाडौं । मंगलबार सहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले आफ्नो २ महिने कार्यकालमा भएका उपलब्धी र आगामी २ महिनामा पूरा गर्ने कामबारे जानकारी दिन पत्रकार सम्मेलन गरे ।

मन्त्रालयको कामबारे सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयका कामबारे १८ बुँदामा प्रस्तुत गरे । तर १८ बुँदामा उनले २ वटा तथ्यांकलाई गलत ढंगले पेश गरे । यसअघि चालु आवको पहिलो चौमासमा योजना आयोगसँग समीक्षा बैठकमा प्रस्तुत गरेको तथ्यांकलाई आफू अनुकुल बनाएर प्रस्तुत गरे ।

मन्त्रालयले गत साता भएको समीक्षा बैठकपछि ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको निर्माणाधिन सभाहल निर्माणको कामलाई पत्रकार सम्मेलनमा आइपुग्दा १ महिना पर धकेलेको पाइयो ।

मन्त्रालयले समीक्षा बैठकमा उक्त सभाहल पुस मसान्तसम्म सक्नुपर्ने उल्लेख थियो । जसमा हालसम्म ७२ प्रतिशत काम सम्पन्न भएको उल्लेख थियो । तर मन्त्रालयमा मंगलबार पत्रकारलाई जानकारी गराउने समयमा पुसको ठाउँमा माघ बनाएर प्रस्तुत गरे ।

त्यति मात्रै होइन, उनले प्रगति ७२ प्रतिशत भएको तथ्यांक हिजो सोमबारसम्मको मात्रै भने तर यो तथ्यांक उनले एक साता अघि नै समीक्षा बैठकमा प्रस्तुत गरिसकेका थिए ।

उनले हिजो (सोमबार)सम्म निर्माणको काम ७२ प्रतिशत सकिएको दावी गरे । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव डा. सिंहले एक महिना अघिकै तथ्याङक देखाएर ७२ प्रतिशत काम मात्रै भएको बताए ।

उनले दावी गरेरै भने ‘७२ प्रतिशत काम हिजोसम्मको हो भनेर ठोकुवा गर्न भ्याए । सचिव डा. सिंहले चौमासिक समीक्षामा ढाँटेका हुन वा पत्रकार सम्मेलनमा ढाँटेका हुन त्यो उनले प्रष्ट पारेनन् । यसको वित्तीय प्रगति करिब ६० प्रतिशत रहेको दाबी गरे ।

‘हामीले प्रष्ट रुपमा भनेका छौं, तपाईहरुले अविश्वास गर्नु भएन नी, हामीले माघका कार्य अगाडि बढाइने छ भनेको होनौ, काम सक्नेछौं भनेको हो’ सचिव डा. सिंहले भने ‘मन्त्रीज्यू, मैले प्रवक्ताज्यूले भन्नु भएको छ हामी यही छौं लेखेर राख्नुहोस, माघ मसान्तभित्र निर्माण सम्पन्न गरिने छ र त्यसपछि पश्चात उद्घाटनको काम अगाडि बढाइने छ ।’

उनले निर्माणधिन सभाहल जल, आकाश र प्रकाशको मिश्रणमा सभाहल निर्माण भइरहेको जानकारी गराए । उदाँउदो सूर्यको आधारमा डिजाइन गरिएको दावी गरे ।

पत्रकार सम्मेलनमा सचिव डा. सिंहले सिंहदरबार परिसरमा निर्माणधिन संघीय संसद भवन निर्माणको लागि गत वर्ष सम्झौता भएको र तीन वर्षमा सक्ने लक्ष्य रहेको दावी गरे ।

उनले अहिलेसम्म १५ प्रतिशत काम सकिएको दावी गरे । जसको काम कात्तिकसम्म १२ प्रतिशत सकिएको थियो । एक महिनामा ३ प्रतिशत बढेको देखिएको छ ।

कोरोनाका बाबजुद पनि निर्माण कार्यले तिब्रता पाएको कारण निर्माण कार्य तीव्ररुपमा अघि बढेको दावी गरे । अबको २२ महिनामा काम सक्ने उनको दावी छ । अहिलेसम्म विनियोजित बजेटमा १० प्रतिशत खर्च भएको छ ।

त्यस्तै ललितपुरको भैसेपाटीमा निर्माणधिन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालय निर्माणको काम ४२ प्रतिशत सम्पन्न भएको दाबी गरे । १ वर्ष अवधि बाँकी रहेको र त्यो अवधिमा निर्माण सकिने दावी गरे । आवासको लागि अहिलेसम्म ३० प्रतिशत पुँजिगत खर्च रहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त सभाहल निर्माणको काम निर्धारित समयमै पूरा गरी नेपाली कांग्रेसको महाधिवेशन समेत त्यही हुने समेत बताए ।


क्लिकमान्डु