४ व्यवसायीलाई ४५ हजार जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज (मंगलबार) मात्रै चार व्यवसायीलाई कारबाहीको दायरामा ल्याई जरिवाना गरेको छ । विभागले नियमित रुपमा गर्दै आएको बजार अनुगमनबाट चार व्यवसायीलाई कारबाहीको दायरामा ल्याई ४५ हजार रुपैयाँ रकम जरिवाना गरेको हो ।

विभागले आज भक्तपुर, काठमाडौं र काभ्रे गरी १२ वटा स्टोर तथा पसलमा अनुुगमन गरेको थियो । जसमा आज विभागले फर्निचर तथा फर्निसिङ, खाद्यान्न र किराना पसलमा अनुगमन गरेको विभागले तथ्याङ्कले देखाउँदछ ।

विभागले अनुगमन गरेर जरिवाना गरिएको व्यवसायीमा एन पि पि फर्निचरलाई ५ हजार, ग्रीन शप प्रालि र आदित्य खाद्य स्टोरलाई १०/१० हजार र ए एस फर्निचर उद्योगलाई २० हजार जरिवाना गरेको छ ।

त्यसैगरी, विभागले खाना अयोग्य वा म्याद सकिएका करिब १ हजार ४० रुपैयाँ बराबर मूल्यको सामाग्री नष्ट गरेको छ ।


क्लिकमान्डु