सुनको मूल्य प्रतितोला १ सयले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९१ हजार ८५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु