नबिल बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर घटायो, अब कति ?



काठमाडौं । नबिल बैंकले ब्याजदर परिवर्तन गरेको छ । बैंकले मंगलबार प्रकाशित गरेको नयाँ ब्याजदरमा मद्दति निक्षेपमा ब्याजदर ४ प्रतिशतदेखि बढीमा ८.१० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ३ महिनाका लागि ५ प्रतिशतदेखि १ वर्षका लागि ६.५ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी संस्थागततर्फ ३ महिनाका लागि ४ प्रतिशतदेखि ५ वर्षका लागि ८ प्रतिशत र संस्थागतको हकमा  नवीकरण हुने मुद्दति निक्षेपमा ०.१० प्रतिशत ब्याजदर बढी  दिने जनाएको छ ।

बैंकले विभिन्न १९ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

ऋणतर्फ

बैंकले बिजनेस लोन बढीमा ११.३७ प्रतिशतसम्म तोकेको छ । कृषि, उर्जा, माइक्रो कटेज र एसएमई क्षेत्रमा १ करोड रुपैयाँसम्मको ऋणमा बढिमा ११.३७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी नबिल नारी कर्जा, नबिल सजिलो कर्जा, नबिल सजिलो एक्सप्रेस कर्जा,  इक्विटी मोर्टेज लोन,  इन्स्टिच्युसनल अटो फाइनान्समा पनि बेसरेटमा अधिकतम ५ प्रतिशत अर्थात् अधिकतम ११.३७ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी रिटेल लोनतर्फ सबैभन्दा कम विद्युतीय गाडी खरिद गर्दा १०.३७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ भने हाउजिङ, मोर्टेज, अटो,  शैक्षिक, व्यक्तिगत ओभरड्राफ्ट कर्जामा बढीमा११.३७ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकको बेस रेट ६.३७ प्रतिशत छ भने स्प्रेड रेट ३.८० प्रतिशत तोकेको छ ।


क्लिकमान्डु