संविधान र सरकार विरोधी सक्रिय भएः गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताएका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताए ।

उनले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्षसहित राजावादीहरु समेत सक्रिय भएको बताए ।

त्यस्तै सरकार विरोधीहरुले सरकारलाई विस्तापित गर्न सकिन्छ की भन्ने प्रयास गरिरहेको पनि बताए । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको बताए । तर पनि सरकारलाई कसैले विस्तापित गर्न नसक्ने गृहमन्त्री थापाले बताए ।

राजावादीहरु गणतन्त्रलाई विस्तापीत गरी राजतन्त्रलाई पुनस्थापित गर्न चाहने र विप्लव माओवादीहरु समाजवादी क्रान्ती गर्ने भाषा लिएर अगाडि बढेको बताए । पार्टीभित्र देखिएको विरोध स्वभाविक भएको पनि गृहमन्त्री थापाले बताए ।

पार्टीभित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान हुने पनि उनले बताए । गृहमन्त्री थापाले पार्टी फुट्ने भन्दापनि थप मजबुत बनेर जाने बताए ।


क्लिकमान्डु