अर्बपति विनोद चौधरीले बंगलादेशमा यसरी सुनाए आफ्नो व्यावसायिक संघर्ष र सफलताको कथा



काठमाडौं । ‘पछिल्ला वर्षहरुमा बंगलादेशको अविश्वसनीय आर्थिक वृद्धि अन्य दक्षिण एशियाली राष्ट्रहरूका लागि प्रेरणाको स्रोत भएको छ । किनकि विश्वव्यापीरुपमा अर्थतन्त्र सबल बन्न संघर्ष गरिरहेको बेला देखिएको सकारात्म्क प्रयास आफैमा महत्वपूर्ण रहेको छ ।  कोभिड-१९ का को महामारीको बीचमा पनि बंगलादेशले आफ्नो साख जोगाएको छ ।’

नेपालका अर्बपति विनोद चौधरीले बंगलादेशमा आयोजित डिएचएल सम्मान समारोलाई सम्बोधन गर्दै बंगलादेशको प्रसंसा गरे ।

सीजी कर्प ग्लोबलको संस्थापक रहेका चौधरीले दक्षिण एशियामा एकै खालको नोकरशाही र राजनीतिक चुनौतिहरू रहेको सन्दर्भमा बंगलादेशको आर्थिक यात्रा सकारात्मकरुपमै आश्चर्यजनक तरिकाले अघि बढिरहेको बताए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीको बीचमा पनि बंगलादेशले ३.८ प्रतिशतले आर्थिक वृद्धि गर्ने अनुमान सार्वजनिक गरेको छ । जुन वृद्धिदर महामारीको समयमा दक्षिण एसियाली देशहरु मध्यको सबैभन्दा उच्च हो ।

चौधरीले भने ‘बंगलादेश मलाई मेरो घरजस्तै लाग्छ, टाढा लाग्दैन ।’

पछिल्ला ३० वर्षको समयमा चौधरीले बंगलादेशसँग व्यापारिक सम्बन्ध मात्रै विस्तार गरेनन्, पारिवारिक नाता सम्बन्ध पनि गाँसे ।

उनले विशेषरूपमा एउटा नाम उल्लेख गरे । ती हुन् बंगलादेशका प्रख्यात व्यापार क्षेत्रका आइकन तथा ट्रान्सकम समूहका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्वर्गीय लतीफुर रहमानको । चौधरीले रहमानसँग मिलेर दक्षिण एशियाभर विभिन्न क्षेत्रमा काम गरेका छन् ।

‘यदि तपाई दक्षिण एशियामा व्यापार गर्न सक्नुहुन्छ भने संसारको कुनै पनि ठाउँमा व्यापार व्यवसाय गर्न सक्नुहुन्छ,’ चौधरीले भने ।

बंगलादेशको प्रसिद्धमध्यको एक विजनेश अवार्डको १९औं संस्करणलाई सम्बोधन गर्दै उनले दक्षिण एशियामा रहेको व्यापारिक चुनौती र भावी कार्यदिशाका बारेमा मर्मस्पर्शी मन्तव्य दिए । डीएचएल एक्सप्रेस र डेली स्टारको पहलमा आयोजित कार्यक्रममा उनले दक्षिण एशियाका देशहरुका रहेको प्रशासनिक एवं राजनीतिका चुनौतीका बारेमा समेत जानकारी गराए ।

‘यदि तपाई दक्षिण एशियामा व्यापार गर्न सक्नुहुन्छ भने संसारको कुनै पनि ठाउँमा व्यापार व्यवसाय गर्न सक्नुहुन्छ,’ चौधरीले भने ।

कोभिड-१९ का कारणले संसारभर थुप्रै चुनौतिहरूको जन्माएको छ । धेरै कर्पोरेट समूहलाई उनीहरूको परम्परागत पद्दतीका साथ अगाडि बढाएको व्यवसायलाई नयाँ परिस्थितीमा सोही अनुसार अगाडि बढ्न र नयाँ परिभाषाको खोजी गर्न वाध्य पारिदिएको छ ।

नयाँ सोचले वैश्विक अर्थतन्त्रलाई पुनः आकार दिँदैछ । र, पुनः निर्माण गर्ने अवसर पनि दिएको चौधरीको भनाइ छ ।

‘मैले अझै पनि मेरो हृदयलाई पछ्याउने कोशिस गरिरहेको छु । प्रत्येक समस्याको समाधान खोज्ने प्रयास गरेँ र देशको कुनै कानून उल्लंघन नगरी अन्तर्राष्ट्रिय व्यापार गर्ने कानुनी तरिका पनि थाहा पाएँ,’ चौधरीले भने, ‘यात्रा यति कठिन थियो कि मलाई एउटा कम्पनी स्थापना गर्न २० बर्ष लाग्यो । तर मैले आशा गुमाइँन । र, सपना पूरा गर्न सक्षम भएँ । भविष्य अझ उज्जवल हुनेछ ।’

महामारीले चुनौतीमात्रै नभई धेरै व्यवसायिक अवसरहरू सिर्जना गरेको छ । संसारका विभिन्न ४० देशमा फरक फरक खालका व्यपार तथा व्यवसाय गर्दै आएका चौधरीले महामारीले इ-कमर्श तथा स्टार्टअप व्यवसायमा नयाँ अवसर प्रदान गरेको उल्लेख गरे । बंगलादेशसँग पनि यी अवसरबाट ठूलो मात्रामा फाइदा उठाउने क्षमता राख्दछ ।

उदाहरणका लागि बंगलादेश पहिले नै स्टार्टअपको केन्द्र बन्न पुगेको छ । विशेष गरी इ-कमर्शको क्षेत्रमा उसको अनुभव पनि छ । उनले पठाओ, दराजजस्ता नयाँ सोचसहितको कामले प्राप्त गरेको सफलतालाई उदाहरणको रुपमा प्रस्तुत गरे ।

विद्यार्थी हुँदा चौधरी जसले आफनो पारिवारिक कपडाको कारोबारमा जोडिएका थिए । सन्दर्भ पनि कस्तो छ भने बंगलादेशको टेक्सटायल र गार्मेन्ट व्यवसाय यतिखेर संसारभर नै लोकप्रिय रहेको छ । यो संसारकै दोस्रो ठूलो आपूर्तिकर्ताको रुपमा रहेको छ ।

नेपाल र बंगलादेशले आफ्नो देशमा गार्मेन्ट र टेक्सटायल क्षेत्रमा एकैसाथ यात्रा गरेपनि नेपाल पछिल्ला दिनमा धेरै पछाडि परेको छ । बंगलादेशले आफ्नो उद्यमशीलता देखाएको लचिलोपन र सरकारको सहयोगका कारण त्यसक्षेत्रमा आफनो यच्च क्षमता प्रदर्शन गरेको छ, यो आफैंमा ठूलो महत्वको विषय भएको चौधरीको भनाइ छ ।

बंगलादेशको कपडा उद्योग पछिल्ला चार दशकदेखि लोकप्रिय उद्योगको रुपमा स्थपित छ । जुन देशको जीडीपीको ११ प्रतिशत हारहारीमा रहेको छ । यो आफैंमा बंगलादेशका लागि अग्रणी व्यवसायिक माइलस्टोन पनि हो । जसले झण्डै ४४ लाख मानिसलाई रोजगारी दिएको छ ।

विश्वव्यापी आपूर्ति मूल्य श्रृंखला चीनबाट अन्य मुलुकमा बसाइसकेपछि बंगलादेशले अघिबढ्ने ठूलो अवसर पाएको छ । त्यस्ता मोडलहरू नेपालजस्ता दक्षिण एसियाली देशहरूको लागि कपडा व्यवसायको क्षेत्रमा समेत तीव्र गतिको विकासका लागि ठूलो उदाहरण हुनसक्ने उनले बताए ।

चौधरीको बुझाईमा प्रमुख अवरोधमा अस्पष्ट नियम र कानून पनि थिए । केही प्रमुख अवरोध अस्पष्ट नियम र कानून, बन्द समाज, कडा विदेशी विनिमय नियमन र कडा राजनीतिक व्यवस्था थियो ।

‘विभिन्न स्रोतबाट पढ्न प्रेरणा पाएको छ कि एशियाको आर्थिक बृद्धिलाई चीनको बंगलादेशको अर्थतन्त्रको साथसाथ समेटिएको थियो,’ चौधरीले भने ।

आईएमएफले संकेत गरको छ कि महामारीको समयमा पनि चीनको १.९, र बंगलादेशको ३.९ प्रतिशत आर्थिक वृद्धि रहनेछ । बंगलादेशको प्रतिव्यक्ति आय पनि दक्षिण एशियाका देशहरुमा मात्र प्रेरणादायी छैन । तर विश्वलाई आर्थिक शिक्षा प्रदान गर्ने खालको छ ।

दक्षिण एशियालाई विशेषाधिकारसहितको आर्थिक समृद्धिको गतिलाई कायम राख्न सहयोग गरेकामा चौधरीले बंगलादेश सरकारलाई बधाई दिए ।

अगाडि बढ्नका लागि सम्भावित एउटैमात्र तरिका भनेको एउटा दर्शन हो र त्यो दर्शनमा कसरी अगाडि बढ्ने भन्ने नै निर्धारित हुने उनको भनाइ छ ।

बंगलादेशले विकास र विकासमा एक प्रभावशाली रेकर्ड कायम गरेको छ । यसको उल्लेखनीय यात्रामा बंगलादेशको अर्थतन्त्र र मानव विकास आर्थिक बृद्धिसँग मिलेर काम गरेको छ । त्यसबाट गरीबी झन्डै एक तिहाइले घट्यो भने सँगसँगै बढ्दो आयु, साक्षरता र प्रतिव्यक्ति खाद्यान्नको उपभोगसमेत बढेको छ ।

अगाडि बढ्नका लागि सम्भावित एउटैमात्र तरिका भनेको एउटा दर्शन हो र त्यो दर्शनमा कसरी अगाडि बढ्ने भन्ने नै निर्धारित हुने उनको भनाइ छ ।

व्यवसायी क्षमता देखाएका चौधरीले दक्षिण एसियामा सफल ब्यापाारिक व्यक्तित्व बन्नका लागि तय गरेको कठिन यात्राको बारेमा चौधरीले आफ्नो अनुभव सेयर गरे ‘जब मैले पहिलोपल्ट शुरु गरेँ, त्यो बेला नेपालमा व्यापार गर्न सजिलो थिएन ।’

चौधरीको बुझाईमा प्रमुख अवरोधमा अस्पष्ट नियम र कानून पनि थिए । केही प्रमुख अवरोध अस्पष्ट नियम र कानून, बन्द समाज, कडा विदेशी विनिमय नियमन र कडा राजनीतिक व्यवस्था थियो ।

‘मैले अझै पनि मेरो हृदयलाई पछ्याउने कोशिस गरिरहेको छु । प्रत्येक समस्याको समाधान खोज्ने प्रयास गरेँ र देशको कुनै कानून उल्लंघन नगरी अन्तर्राष्ट्रिय व्यापार गर्ने कानुनी तरिका पनि थाहा पाएँ,’ उनले भने ।

निरन्तरको संघर्षले आफूले सफलता हासिल गरेको उनले बताए ।

‘यात्रा यति कठिन थियो कि मलाई एउटा कम्पनी स्थापना गर्न २० बर्ष लाग्यो । तर मैले आशा गुमाइँन । र, सपना पूरा गर्न सक्षम भएँ,’ चौधरीले सुनाए ‘भविष्य अझ उज्जवल हुनेछ ।’


पुष्प दुलाल