
काठमाडौं । इजरायली नागरिकमाथी कुटपीट गर्ने २ जना युवक ठमेलबाट पक्राउ परेका छन । सोमबार राति १० बजे २५ वर्षीय अर्मोजा अल्मोगमाथि कुटपीट गर्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ०६ का नयाँबजार बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोट तादी गाउँपालिका ०४ का स्वयम्भू बस्ने ३० वर्षीय श्याम तामाङलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
परिसरका अनुसार सोमबार १० बजे काठमाण्डौं महानगरपालिका १६ कालधारा चोकमा ईजरायली नागरिक योग होस्टेलमा बस्ने २५ वर्षीय अर्मोजा अल्मोगलाट कुटपीट गरी घाइते बनाएका थिए ।
आइतबार प्रहरी वृत्त लैनचौरबाट खटिएको सादा पोसाकको टोलीले सीसीटीभी फुटेजको आधारमा खोजतलास गर्दा उनीहरूलाई २६ ठमेलबाट नियन्त्रण लिएको हो । उनीहरूले मादक पदार्थ सेवन गरी विदेशी नागरिकमाथि हातपात गरिएको अनुसन्धानबाट खुलेको छ ।







प्रतिक्रिया