सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?



काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । छापावाल सुुन र तेजावी दुबै सुनको मूल्यमा एक सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य भने आइतबारको तुलनामा स्थिर छ । चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु