आज मात्रै ७० हजार जरिवाना !



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज (आइतबार) मात्रै ७० हजार जरिवाना गरेको छ । विभागले आज १९ वटा स्टोरमा अनुगमन गरेको मध्यबाट ७ व्यवसायीलाई कारबाहीको दायरमा ल्याई उक्त जरिवाना गरेको हो ।

विभागले जरिवाना गरेको व्यवसायीमा भक्तपुरमा रहेको शुभ तारा लिक्वयर्स, जुगल सप्लायर्स, बिजी ट्रेडर्स र जय श्री कृष्ण जनरल स्टोरलाई १०÷१० हजार जरिवाना गरेको छ । त्यसैगरी, विभागले जय श्री कृष्ण स्टोर, आरुषा फर्निसिङ्गलाई ५÷५ हजार र प्रितेश स्टोरलाई २० हजार जरिवाना गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

साथै, आज मात्रै ३० हजार रुपैयाँ बराबरको खाना अयोग्य वा म्याद सकिएकोले तत्काल नष्ट गर्न लगाइएको विभागले जनाएको छ । जसमा एस वि आर लिक्वयर्सबाट मात्रै २१ हजार ५० रुपैयाँको खाद्यान्न सामाग्री नष्ट गरेको छ ।


क्लिकमान्डु