उपभोक्ता संरक्षण विभागले आफ्नै परिसरमा राजस्व संकलन काउण्टर सञ्चालन गर्ने



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नै परिसरमा राजस्व जम्मा गर्ने काउण्टर सञ्चालन गर्ने भएको छ ।

विभागले विगतको दिनमा एनएमबि बैंक बबहरमहल काठमाडौंबाट बुझ्दै आएकोमा मंगलबारदेखि विभागको परिसर सिभिल बैंक लिमिटेडको काउण्टर सञ्चालन गर्ने भएको हो ।

विभागले आज एक सूचना जारी गर्दै विभागको राजस्व खातामा जम्मा गर्नुपर्ने सबै किसिमका राजस्व दस्तुर सोही काउण्टरबाट बुझाउन सक्ने जनाएको छ ।

विभागका निर्देशक एवम् प्रवक्ता शिवराज शेडाईंका अनुसार राजस्व संकलन गर्नको बबरमहल पुग्नुपर्ने बाध्यता भएकाले सेवाग्राहीको सहजीकरण गर्नको लागि विभागमै सञ्चालन गर्न लागिएको बताए । साथै, सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै विभाग एक कदम अगाडि पुगेको उनको भनाइ छ ।


क्लिकमान्डु