अर्थमन्त्री र फिनल्याण्डका  राजदूतबीच भेट, विकास रणनीतिबारे छलफल



काठमाडाैं । अर्थमन्त्री विष्णु पाैडेल र नेपालका लागि फिनल्याण्डका  राजदूत प्रेटिनेन एन्टिनेनबीच शिष्टाचार भेट भएको छ ।

भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्नुहुँदै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।

अर्थमन्त्री र महामहिम राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड- १९  महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो।

उक्त भेटमा राजदूतले सन् २०२१  देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए । राजदूतले नेपालसँग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताए ।


क्लिकमान्डु