प्रदेश लोकसेवा आयोगले माग्यो २४ जना इन्जिनियर, सूचनासहित



काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश नं २, जनकपुरधामले २४ सिभिल इन्जिनियरको माग गरेको छ । आयोगले तृतीय श्रेणी वा सो सरह इन्जिनियरिङ सेवातर्फका प्राविधिक पदहरू माग गरेको हो ।

जनकपुरधामले नेपाल इन्जिनियरिङ सेवातर्फका निम्न सेवा, समूह, उपसमूह ताथ श्रेणी/तहका रिक्त पदहरूको पदपूर्ति गर्नुपर्ने भएकाले खुल्ला तथा समावेशीमा उक्त पदको माग गरेको जनाएको छ । साथै, उक्त पदहरूकमा खुला तथा समावेशी प्रतियोगात्मक परिक्षाद्धारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ ।

उम्मेदवारहरुले आयोगले तोकेको दरखास्त मिति आजदेखि पौष १५ र दोब्बर दस्तुर तिरी पौष २२ सम्म फाराम भरी राजस्व दस्तुर बुझाएको सक्कल भौचरसहित कार्यालयमा बुझाउनु पर्नेछ । आयोगको कार्यालयले २४ माग गरेको मध्येमा खुल्लामा ८, महिलामा ३, आदिबासी जनजातीमा २ र अन्य मधेसी, दलितको माग गरेको छ ।

जसमा आयोगले लिखित, सामूहिक छलफल र र अन्तर्वाता गरी परीक्षा लिने भएको छ । साथै, परीक्षाको केन्द्र प्रदेश लोक सेवा आयोग जनपुधामले तोके बमोजिम हुने कार्यालयले जनाएको छ ।

त्यसैगरी, उम्मेदवारले दरखास्त दस्तुर १ हजार बुझाउनु पर्नेछ । तर, एकै सेवा/समूह/उपसमूहको पदका समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकमा लागि ४ सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।


क्लिकमान्डु