पत्रकारले सूचना विभागको कार्ड बनाउन काठमाडौं आउन नपर्ने



काठमाडौं । अब पत्रकारहरुले सूचना विभागको कार्ड बनाउन काठमाडौं आउन नपर्ने भएको छ । मन्त्रिस्तरीय निर्णय गर्दै सरकारले सूचना विभागको कार्ड बनाउन पत्रकारहरु काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै उक्त निर्णय गरेको हो ।

सरकारले प्रेस प्रतिनिधि प्रमाण पत्र तथा नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयमा प्रत्यायोजन गरेको छ ।

यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि सूचना विभागको महानिर्देशक समक्ष निवेदन दिनुपर्ने व्यवस्था थियो । महानिर्देशकले नै नवीकरण गर्ने व्यवस्था थियो ।

‘अनलाइन सञ्चारमाध्यमले प्रत्येक वर्षको असार मसान्तसम्म विभागमा नवीकरण गराउनु पर्ने कानूनी व्यवस्थाका कारण सेवा प्रवाह, केन्द्रिकृत भइ समय र आर्थिक भार बढ्न गइ झन्झिटिलो प्रक्रिया भएकाले सुशासन ऐन अनुसार आफूमा निहित भएको अधिकार आफू मातहतमा पदाधिकारीलाई प्रत्यायोजन गर्नका लागि सूचना विभागको महानिर्देशकमा भएको अधिकार प्रत्येक जिल्ला हुलाक कार्यालयमा प्रत्यायोजन गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

अब काठमाडौं बाहिर कार्यरत पत्रकारहरुले जिल्ला हुलाक कार्यालयमार्फत् कागजपत्र पठाएर प्रेस प्रतिनिधि प्रमाण पत्र बनाउन, नवीकरण गर्न सक्नेछन् ।

यसका लागि सञ्चार मन्त्रालयले वेवसाइटमा चेकलिस्ट तथा २५ वटा प्रश्नहरु राखिएको समेत जानकारी दिएको छ ।


क्लिकमान्डु