पैँचोमा मल ल्याउन नसकेको सरकारले बंगलादेशसँग जीटुजीमार्फत् ५० हजार मेट्रिकटन मल किन्ने



काठमाडौं । बंगलादेशसँग पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिकटन मल ल्याउन नसकेपछि सरकारले जीटुजीमार्फत् बंगलादेशबाट मल ल्याउने निर्णय गरेको छ ।

धान रोप्ने समयमा किसानले मन नपाएपछि सरकारले बंगलादेशसँग पैँचोमा मल ल्याउने निर्णय गरेको थियो ।

जसमा एक महिनाभित्र मल ल्याइने र किसानले समयममै मल पाउने समेत सरकारले दावी गरेको थियो । तर लामो समयसम्म पनि पैँचोमा मल ल्याउने प्रयास असफल भएपछि सरकारले खरिद गर्ने निर्णय गरेको हो ।

बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन मल जीटुजीमार्फत् खरिद गर्न कृषि मन्त्रालयलाई संवैधानिक स्वीकृत प्रदान गर्ने निर्णय गरिसकेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।


क्लिकमान्डु