मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्नेले जरिवाना छुट पाउने



काठमाडौं । बन्दाबन्दीले म्याद सकिएर जरिवाना लाग्ने भएका सवारी चालक अनुमतिपत्रहरूको हकमा मंसिर मसान्तसम्ममा नवीकरण गरी राजस्व भुक्तानी गरेमा रकम छुट हुने भएको छ ।

बागमति प्रदेशका यातायात व्यवस्था कार्यालय चाबहिलले आज सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

‘बन्दाबन्दीको समयमा म्याद सकिएर जरिवाना लाग्ने सवारी चालक अनुमतिपत्र वाहक सेवाग्राहीलाई मंसिर मसान्तभित्र नवीकरण गर्न अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।

साथै, हाल सवारी चालक अनुमतिपत्र नवीकरण अनुमतिपत्र नवीकरण, प्रतिलिपि र ट्रायल पास भएकाहरूको राजस्व बुझ्ने बाहेकमा सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित रहेको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु