लोकसेवा आयोगले शाखा अधिकृत पदमा माग्यो ५१३ जना (विज्ञापनसहित)



काठमाडौं । लोकसेवा आयोगले ५१३ अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागि जागिर खुलाएको हो ।

आयोगका अनुसार अधिकृत स्तरको बढुवाका लागि १५७ जनाका लागि विज्ञापन खुलाएको छ । त्यसैगरी खुला र समावेशीतर्फ न्याय सेवामा १२० र परराष्ट्र, प्रशासन र लेखापरीक्षण समूहका लागि २४० पदमा विज्ञापन खुलाएको हो ।

विज्ञापन आवेदन गर्दा प्रत्येक समूहका लागि १ हजार रुपैयाँ र समावेशी पदका लागि प्रत्येकमा ४ सय रुपैयाँ लाग्नेछ । आवेदन दिन अन्तिम मिति पुस १४ गते र दोब्बर दस्तुर बुझाउने मिति पुस २१ गतेसम्मका लागि तोकिएको छ ।

हेर्नुहोस् विज्ञापन


क्लिकमान्डु