वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई स्वदेशमै स्थापित गर्न एनआरएनएको माग



काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा विदेशमा रोजगारी गुमाएका, अलपत्र परेका र विभिन्न समस्या भई स्वदेश फर्केका श्रमिकलाई स्वदेशमै स्थापित गर्नुपर्ने एनआरनएका उपाध्यक्ष डा. बन्द्री केसीले बताएका छन् ।

हाम्रो सम्मान परियोजनाको संयोजकतामा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड १९ को सन्दर्भमा गैर आवासीय नेपाली संघको भूमिका’ शीर्षकको भर्चुअल कार्यक्रममा बोल्दै केसीले सो बताएका हुन् ।

एनआरएनएले कोरोनाको समयमा विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका श्रमिकलाई व्यवस्थापन गर्न करिब २५ करोड खर्च भएको उनले जानकारी दिए ।

तर, अहिले कोरोनाले गर्दा अवस्था सामान्य भएता पनि विगतको दिनमा अलपत्र परेका श्रमिक विदेश आउन नचाहने अवस्था रहेको छ । यसले गर्दा स्वदेशमै श्रम गर्न इच्छुक श्रमिकलाई स्वदेशै व्यवस्थापन गरी रोजगारी सिर्जना गर्र्नको लागि श्रम मन्त्रालय, कृषि मन्त्रालय, पराराष्ट्र मन्त्रालय, उद्योगमन्त्रालयलगायत विभिन्न संघसंस्थासँग एनआरएनएले छलफल गरिरहेको बताए ।

साथै, एनआरएनएले स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि विभिन्न निकायलाई सामेल गराई छिट्टै रोजगार सम्मेलन गर्ने जनाए ।

यस्तै, नेपालमा विभिन्न राष्ट्रिय गौरबको आयोजना रहेता पनि उक्त आयोजनामा अधिकांश विदेशी श्रमिक भएकाले उक्त आयोजनामा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए ।

करिब २८ लाख नेपाली श्रमिक विदेशिएर वार्षिक ८ खर्ब नेपालमा रेमिट्यान्स भित्र्याउँदा करिब ४ खर्ब रकम नेपालबाट विदेशिएकाले सो रकममा नेपाली श्रमिकलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालका विभिन्न ठूला–ठूला आयोजना तथा राष्ट्रिय गौरवका आयोजनामा अधिकांश विदेशी श्रमिकले खाडी मुलुकमा नेपालीले गरेको जस्तै मजदुर गरेर ४ खर्ब देशबाहिर रकम लाने गरेका छन्,’ उनले भने, ‘उक्त आयोजनामा विदेशी श्रमिकको ठाउँमा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्छ ।’

साथै, विदेशबाट आएका श्रमिकको जुन सीप विदेशमा सिकेर आएको छ । त्यही क्षेत्रमा रोजगारी पाउन निकै कठिन भएकाले सीप पहिचान गरेर लगानी गरी विकास गर्नुपर्ने बताए ।

त्यसैगरी, एनआरएनएले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एनआरएन, सरकार र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर आगाडि बढ्नुपर्ने जनाए ।

त्यस्तै, विदेशमा श्रम गरेर नेपाली श्रमिकले व्यवसायीक कृषिमा पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘विदेशमा कतिपय नेपालीले वर्षौ व्यवसायीक कृषिमा संलग्न भई काम गरेर फर्केका छन् । उक्त सीपलाई नेपालमै पनि विकास गर्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्म पनि नेपालमा परम्परागत कृषिमै निर्भर छन् । त्यसैले जबसम्म व्यवसायीक कृषिमा जोड दिँदैनन् तबसम्म नेपालका कृषिमा विकास हुँदैन ।’

साथै, विदेशबाट फर्केका श्रमिकले जति जमिन भएपनि उक्त जमिनमा कृषि गर्न पनि उनले सुझाए । यसले गर्दा विदेशमा खर्चेको समयले विदेशभन्दा बढी पैसा कमाउन सफल हुने उनको बुझाइ छ ।

यस्तै, विगतको दिनमा वैदेशिक रोजगारमा कति महिला र पुरूष छन् भन्ने यकिन तथ्याङ्क नभएको अवस्थामा कोरोनाले गर्दा विदेशमा रहेको श्रमिकको यकिन तथ्याङ्क संकलन गर्न सफल भएको आइसीसीका सदस्य यस्मिन बेगमले बताइन् ।

उनका अनुसार कोरोनाको समयमा एनआरएनबाट विदेशमा समस्यामा परेका श्रमिकलाई धेरैभन्दा धेरै सहयोग गरी नेपाल फकाईएको र अलपत्र परेका महिलालाई आवासको व्यवस्था गरेको बताइन् ।

साथै, रोजगारी गुमाएका, खाना नपाएका र घर जानलाई खर्च नभएका नेपाली श्रमिकलाई खर्चको व्यवस्था गरी घरसम्म प¥याईदिएको उनको भनाइ छ । हाल कोरोनाले गर्दा मध्यपूर्वमा सबै श्रमिकको अवस्था ठीक भएको जनाउँदै कोरोनाको समयमा सहयोग गरिरहेको अभियान जारी रहेको बताइन  ।


क्लिकमान्डु