एक हप्तामा करिब ५ लाख जरिवाना, ७५ हजार बराबरको सामग्री नष्ट



काठमाडौं । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका तीन वटै जिल्लामा अनुगमनलाई तीव्रता दिएको छ ।

बजारमा लकडाउन र कोरोनाले गर्दा बन्द अवस्थामा रहेका व्यवसायीहरूले ग्राहकलाई विभिन्न समस्या देखाउँदै मूल्य बढाउने र खाना अयोग्य सामग्री बेच्न राखेको प्रवृत्ति मौलाएकाले विभागले तीव्ररुपमा बजार अनुगमन शुरू गरेको विभागले जनाएको छ ।

हालसम्म विभागले दैनिकरुपमा ६,७ जना व्यवसायीलाई कारबाहीको दायरामा ल्याई जरिवाना गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागले गत साता मात्रै तीन वटै जिल्लामा अनुगमन गरी करिब ५ लाख जरिवाना गरेको छ । विभागले गत १४ गतेदेखि १९ गतेसम्ममा ४ लाख ९२ हजार जरिवाना गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

विभागले गत १४ गते गोकर्णेश्वर नगरपालिकामा रहेको रितिका उज्वल किराना स्टोर र जेमोस लिक्वयरलाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यसैगरी, विभागले काठमाडौंस्थित रहेको बगंलामुखी खाद्य स्टोरलाई १० हजार जरिवाना गरी उक्त दिनमै व्यवसायीलाई २० हजार जरिवाना गरेको छ ।

गत हप्ताको दोस्रो दिनमा विभागले एकैदिन १ लाख ७० हजार जरिवाना गरेको छ । उक्त दिन १७ वटा व्यवसायीको स्टोर अनुगमन गर्दा ८ व्यवसायीलाई कारबाहीको दायरमा ल्याएको छ ।

विभागले जेके हार्डवेयर सेन्टर, सटार इलेक्ट्रोनिक्स, भरती ट्रेड सेन्टर, कुमारी फुड प्रोभिजन सेन्टरलाई सरकारको ऐन विपरित व्यवसायी गरेकोमा सोही ऐन अनुसार १०÷१० हजार जरिवाना गरेको छ ।

त्यस्तै, आर एन हार्डवेयर एण्ड सप्लायर्स, जगदम्बा हार्डवेयर, ताम्राकार हाउस सपिङ्ग सेन्टर र टिम्बा सिरक डस्ना उद्योगलाई २०÷२० हजार जरिवाना गरेको छ ।

साथै, जय श्री श्याम हार्डवेयरलाई भने ५० हजार जरिवाना गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागले गत १६ गते पनि विभिन्न व्यवसायीलाई १ लाख २१ हजार जरिवाना गरेको छ । विभागले जरिवाना गरेकोमा लक्ष्मी खाद्य स्टोरलाई १ हजार, मदन दास इम्पोरियम र सूर्यचन्द्र इन्टरप्राइजेजलाई ५/५ हजार जरिवाना गरेको छ ।

साथै, न्यू शिव खाद्य भण्डार र निइस मार्ट प्रालिलाई १०/१० हजार जरिवाना गरेको छ । त्यस्तै, नखिपोट मिनी मार्ट, सोफिया स्टोरलाई २०÷२० हजार र बुढाथोकी हार्डवेयरलाई ५० हजार जरिवाना गरेको छ ।

विभागले आफ्नो अनुमनलाई निरन्तरता दिँदै १७ गते ७ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जरिवाना गरिएकोमा एन के स्टोर, शिरिसा लाइभ बेकरी र उमा अन्नपूर्ण ट्रेडर्सलाई ५÷५ हजार, एक्सएल ब्राण्ड, साहारा ग्याँस पसललाई १०÷१० हजार र सरजित लिक्वेयर शपलाई २० हजार जरिवाना गरी उक्त दिनमा ५५ हजार जरिवाना गरेको छ ।

त्यस्तै, गत बिहीबार विभागले डि जनरल स्टोर, बल्चा स्टोर र अञ्जली किराना पसललाई ५÷५ हजार र सेलिब्रेशन केक नेपाललाई १ हजार जरिवाना गरेको छ ।

साथै, होम ग्रोसरी, वेसमार्क इन्टरप्राइजेज प्रालि र केक म्याण्डु वेकरी उद्योगलाई २०÷२० हजार जरिवाना गरी उक्त दिनमा ७६ हजार जरिवाना गरेको छ ।

त्यस्तै, हप्ताको अन्तिम दिन शुक्रबार विभिन्न व्यवसायीलाई ५० हजार जरिवाना गरेको छ । विभागले सनसाईन एसआरए हार्डएवेयर, विश्व ट्रेडिङ्स कन्सर्न र न्यू मैनाली इन्टरप्राइजेजलाई १०÷१० हजार र द वेष्ट ट्रेड लिंक प्रालिलाई २० हजार जरिवाना गरेको छ ।

७५ हजारको सामग्री नष्ट
विभागले बजारमा मौलाएको प्रवृत्तिलाई नियाल्दै गएको हप्ता मात्रै ७५ हजार ४ सय २० रुपैयाँको खाना अयोग्य वा म्याद सकिएको सामग्री तत्काल नष्ट गरेको छ । जसमा विभागले कुमारी फुड प्रोभिजन सेन्टरलाई १४ सय ८० को खाना अयोग्य सामग्री नष्ट गर्न लगाएको छ ।

त्यस्तै, गत १६ गते २६ हजार १५५ रुपैयाँ, १७ गते १० हजार ८ सय १० रुपैयाँ, १८ गते १३ हजार २० रुपैयाँ र १९ गते विभिन्न तीन व्यवसायीबाट २३ हजार ९ सय ५५ रुपैयाँको खाद्यान्न नष्ट गर्न लगाएको छ ।

हार्डवेयर पसलमा तीव्र अनुगमन
पछिल्लो समय निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएको निर्माण व्यवसायीहरूले बताउँदै आएका छन् । त्यसैले संरक्षण विभागले पछिल्लो समय निर्माण सामग्रीमा मूल्य बढाएको भन्दै बजारमा विभिन्न हार्डवेयर पसलमा विशेष ध्यानमा राखी बजार अनुगमन गरेको विभागका निर्देशक शिवराज सेढाइले जानकारी दिए ।

उनका अनुसार बजारमा निर्माण सामग्रीको अत्यधिक मूल्य बढाएको भेटाएमा उक्त व्यवसायीलाई सरकारले तोके बमोजिमको कारबाही र जरिवाना गरिरहेको बताए ।

विभागले तीव्ररुपमा हार्डवेयर तथा निर्माण सामग्री पसलका व्यवसायीलाई एक हप्ताको अवधिमा ९ वटा व्यवसायीलाई कारबाहीको दायरमा ल्याई एक लाख ९५ हजार जरिवाना गरिएको तथ्याङ्कले देखाउँदछ ।

साथै, विभागले पछिल्लो समय विभागले सक्रियरुपमा लागिरहेको र त्यही अनुसार कारबाही गरेको निर्देशक सेढाइको भनाइ छ ।


क्लिकमान्डु