सुनको मूल्य प्रतितोला १ सयले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार १५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु