कोमाबाट निस्किएकाे पुँजीबजारलाई अस्थिर नबनाउन राष्ट्र बैंकलाई लगानीकर्ताको आग्रह



काठमाडौं । राष्ट्र बैंकले पुँजीबजारलाई अस्थिर बनाउन लागेको भन्दै सेयर लगानीकर्ताहरुका संघहरुले दुःख व्यक्त गरेका छन् ।

सेयर लगानीकर्तामा ५ वटै संगठनले राष्ट्र बैंकको गभर्नरलाई ज्ञापन पत्र बुझाउँदै यस्तो दुःख व्यक्त गर्दैै उनीहरुले यस्तो नगर्न आग्रह गरेका छन् ।

अहिले लामो समय कोमाबाट निस्किएर विस्तारै आईसियुमा जान लागेको सेयर बजारलाई राष्ट्र बैंकले अवरोध गर्न खोजेको उनीहरुको आरोप रहेको छ ।

राष्ट्र बैंकको मौद्रिक निति मार्फत सम्बोधन भएर ७० प्रतिशत कायम गरिएको मार्जिन लोनलाई ३ महिना नबित्दै त्रैमासिक समिक्षाको बुदा नं ६८ मा शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांशले लगानीकर्ताहरू अत्यन्त मर्माहत र चिन्तित भएको उनीहरुको भनाइ छ ।

लगानीकर्ताका ५ वटै संगठनद्वारा जारी विज्ञप्तिमा ‘नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता सरोकारवाला पक्षबीचको बारम्बारको छलफलको निचोडको रूपमा कार्यान्वयनमा आएको ७० प्रतिशत मार्जिन कर्जालाई अकस्मात परिवर्तन गर्न खोज्नु पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागिपरेको र गलत प्रभावमा परेर हतारको रूपमा गरिएको निर्णयको रूपमा लिएका छौं’ भनिएको छ ।

विगतमा १८८१ सूचकांक पुग्दा शेयर बजारमा करिव ८० प्रतिशत बाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयरको मुल्य र हालको बजार मुल्य २५ देखि ३० प्रतिशत पनि पुग्न नसकेको अवस्थामा अकस्मात राष्ट्र बैंकलाई बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गयो भन्दै लगानीकर्ताले प्रश्न गरेका छन् ।

नेपालको पुँजीबजारमा बारम्बार मार्जिन कर्जाको सिमालाई तलमाथी पारेर बजारलाई अस्थिर र सोझा साझा लगानीकर्ताहरूको सम्पत्ति माथि धावा बोल्दै बजारमा खेलवाड गर्ने काम हुनु नहुने उनीहरुको माग रहेको छ ।

साना साना लगानीकर्ताहरूको भर्खर शेयर बजारमा भएको प्रवेशलाई निरन्तरता दिन पुँजीबजारको लगानीकर्ताहरूको लगानीको पनि सुरक्षा गर्न हालै मौद्रिक निति मार्फत फेरबदल गर्न प्रयास गरिएको शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धि बुंदा तुरून्त फिर्ता माग गरेका छन् ।


क्लिकमान्डु