सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट देखिएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँ कम भएको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको आइतिबार सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजावी सुनको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँ कम भएको छ ।

शुक्रबार ९२ हजार ४५० रुपैयाँ कायम भएको तेजावी सुनको मूल्य आइतबार ९२ हजार २५० रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु