इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १५ % लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शेयरधरीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।