सनराइज बैंक र सानीभेरी गाउँपालिका बीच कृषि तथा सहुलियतपूर्ण कर्जा दिन सम्झौता
काठमाडौं । सनराइज बैंकले सानीभेरी गा.पा. बीच कृषि तथा सहुलियतपूर्ण कर्जा दिने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता बैंककोे केन्द्रीय कार्यालय गैह्रीधारामा भएको हो ।
सम्झौता पश्चात सानीभेरी गा.पा.द्वारा सिफारीस गरिएका संभाब्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकले उपलब्ध गराउने छ ।
सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।
समझदारीपत्रमा बैंकको तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा बिभागका प्रमूख दिपक पण्डित तथा सानीभेरी गा.पा.का तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका हुन् ।
स
मझदारीपत्रका मुख्य बुदाँहरु –
सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा ब्यवसाय गर्न चाहने समुहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको ब्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बंैक समक्ष सिफारिस गर्ने ।
गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ ।
कर्जा जोखिम न्युनिकरणका लागि बैंक मार्फत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनिकरण कोषको स्थापना गर्नेछ ।
बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एस. एम. एस. लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिदै छुट समेतको व्यवस्था गर्नेछ ।