ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताको प्रदर्शन (फोटो फिचर)



काठमाडौं । सेयर लगानीकर्ताको ५ वटै संगठनले ब्रोकर कमिशन घटाउन माग गर्दै धितोपत्र बोर्डमा समूहिक ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले चाँडो भन्दा चाँडो ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्तालाई साक्षी राखेर ज्ञापन पत्र बुझाएका हुन् ।

लगानीकर्ताहरुले लामो समयदेखि ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न माग गर्दै आएका छन् । लगानीकर्ताहरुले बुझाएको ज्ञापन पत्रमा लगानीकर्ताहरूले बारम्बार लिखित,मौखिक तथा नियमित भेटघाटमा बोर्डका अध्यक्षले दलाल कमिशन घटाएर लगानीकर्ताहरूको लागत कम गरी लगानीकर्ताहरूलाई पुँजीबजारमा लगानी गर्न प्रोत्साहन आग्रह गरेका छन् ।

लगानीकर्ताहरूको लगानीको लागत कम गराउंदै नेपालको पुँजीबजारमा भित्रिने नयाँ युवा पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्दै,छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै पुँजीलाई राष्ट्र निर्माणमा आवश्यक पुँजीको जोहो गर्दै पुँजीबजार चलायमान बनाउँदै,नेप्से, धितोपत्र वोर्ड, सिडिएससी र ब्रोकरको पनि आयमा गुणात्मक वृद्धि हुने विज्ञप्तिमा उल्लेख छ ।

ब्रोकर कमिशन घटाउँन बिलम्ब गर्दा लगानीकर्ताहरूको नोक्सानी दिनानुदिन बढ्दै गएको उनीहरुको भनाइ छ ।

   


क्लिकमान्डु