एटिएम सेवा निः शुल्क नहुँने, सेयरधितो कर्जा कडाई हुने



काठमाडौं । हालसम्म निःशुल्क रहेको अन्तर बैंक एटिएम कारोबारमा अब शुल्क तोकिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिालो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले समीक्षा सार्वजनिक गदै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतिय भुक्तानी विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताए ।

हाल नीतिगत व्यवस्था गरेको र शुल्क निर्धारण भने सम्बन्धीत विभागले कार्यविधि बनाएर लागू गर्ने उनले बताए ।

यसैगरी, राष्ट्र बैंकले सेयर धितो कर्जामा समेत पुनर विचार गर्ने भएको छ । व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने जारी मौद्रिक नीतिको समक्षिामा उल्लेख गरिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण स्वदेशी मुद्रामा तिर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोभिड १९ को कारण प्रभावित हुन गई विदेशी मुद्रामा साँवा तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई सहज बनाउदै केन्द्रि बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।


क्लिकमान्डु