कोभिड प्रभावित व्यवसायीको धितो लिलामी रोकिने, राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको हो ।

यसले कोभिड १९ बाट प्रभावित व्यवसायलाई खराब हुनबाट बचउने छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभएको ऋणीको धितो लिलाम नहुँने घोषणा गरे ।


क्लिकमान्डु