बुल र बियर ग्याङको हल्लाको मारमा पुनर्बीमा कम्पनीका लगानीकर्ता, दुईथरी अतिवाद खतरनाक



काठमाडौं । यतिबेला मानिसको विभिन्न खाले हल्लाले नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा केही उतार चढाव देखिएको छ ।

यतिबेला लगानीकर्ता कम्पनीको वास्तविकता बुझेर भन्दा पनि हल्लाको भरमा लागेर सेयर कारोबार गरिरहेका छन् । जसले कम्पनीको सेयर मूल्यलाई निकै उतार चढाव ल्याएको छ ।

बिहीबारको सेयर कारोबारमा बुल र बियर ग्याङको वार नै हुने कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । सेयर बजारमा एउटै कम्पनीको १ अर्ब करोड रुपैयाँको कारोबार पुनर्बीमाको मात्र भएको छ ।

सेयर बजारमा हल्ला गर्नेहरुले बजार ३ हजार घट्छ भन्दै चर्चा गरिरहेका छन भने कतिपयले कम्पनीको सेयर मूल्य ५ देखि ८ सयको हाराहारीमा अडकिएर बस्छ कम्पनीको हैसियत नै यति हो भनेर पनि चर्चा गरिरहेका छन् ।

तर यसको कुनै कारण भने छैन । कम्पनीको सेयर मूल्यमा देखिएको बढोत्तरीले कतै चलखेल भएको हो की भनेर आंशका गर्ने सक्ने ठाँउ बाँकी हुँदा हुँदै पनि केही लगानीकर्ता भने ४३ महिनाको बियरको पीडा खेपेर बुलिस टे«न्डमा जान थालेको बजारमो यो सामान्य भएको पनि बताउन थालेका छन् ।

कतिपय साधारणसभा नगर्ने, लाभांश नदिने/दिन नसक्ने कम्पनीको मात्रै नभएर विद्युत उत्पादन नगरेका, कागजमा मात्रै यति मेगावाट विद्युत उत्पादन गर्ने भनेर हिँडेका कम्पनीहरुको सेयर मूल्य बढेको छ । ‘त्यसको तुलनामा पुनर्बीमा कम्पनीको सेयर मूल्य बढनु केही हदसम्म स्वभाविकै हो’ एक लगानीकर्ताले भने ‘त्यस्ता कम्पनीको तुलनामा पुनर्बीमा कम्पनीले अहिले चर्चा भएअनुसार नै १५ प्रतिशतको हाराहारीमा लाभांश दिन सक्ने क्षमता छ ।’

लाभांश दिन नसक्ने कम्पनीले त धमाधम बजार बढाएको समयमा केही प्रतिशत मात्रै भएपनि लाभांश दिन सक्ने कम्पनीमा लगानीकर्ता आकर्षित हुनुलाई सामान्य मान्य सकिने उनको भनाइ छ ।

बजार हल्ला अनुसार लगानीकर्ताले लगानीको निर्णय गरेको खण्डमा को फस्ने हो, कसले कमाउने हो यसै भन्न नसक्ने भएपनि यसको समग्र अवस्था र बजारको बारेमा पनि बुझ्न आवश्यक रहेको जानकार लगानीकर्ताको भनाइ छ ।

अहिले पुनर्बीमा कम्पनीको सेयरमा यसको मूल्य बढाउने र घटाउने दुई अतिवादी हाबी हुँदा यसले लगानीकर्तालाई उत्साहित र निरास दुवै बनाउने जानकार लगानीकर्ताको भनाइ छ ।

अहिले हकप्रदको चर्चा पनि नभएको होइन । हकप्रद जारी गर्दा संस्थापकले पनि धेरै पुँजी लगानी गर्नुपर्छ । अहिले कम्पनीको सबैभन्दा बढी नेपाल सरकारको सबैभन्दा बढी ४३.५५, प्रतिशत लगानी रहेको छ । कोरोनाले थलिएको बेला सरकारले लगानी गरेर हकप्रद ल्याउने सम्भावना पनि छैन । बाँकी भनेको निर्जीबनको ३८.८ र जीवन बीमा कम्पनीको १८.३८ प्रतिशत रहेको छ । यसमा सार्वजनिक संस्थान तथा सर्वसाधारणको पनि लगानी रहेको छ ।

यतिबेला कोरोनाका कारण समग्र वित्तीय व्यवस्था नकारात्मक बनेको छ । जसको असर वित्तीय विवरणमा देखिने नै भयो । यतिबेला पुनर्बीमा कम्पनीले कुनै उल्लेख्य आम्दानी कुनै कुनै काम गरेको पनि छैन । केही नयाँ आविस्कार गरेको पनि छैन । कम्पनीको पुँजीगत संरचना, यसको कार्यगत क्षेत्र हेरेर लगानीकर्ताहरु आशावादी भएका हुन की भन्ने आंकलन भने जारी नै रहेको छ ।

कम्पनीको आय अन्य क्षेत्रबाट नभएपनि हाल रहेका २० वटा निर्जीबन बीमा कम्पनीको २० प्रतिशत योगदान रोकिने अवस्था भने छैन । जसले गर्दा कम्पनीलाई दायित्व मात्रै नबढने भएर आम्दानीलाई पनि सहज बनाउने देखिएको छ ।

यतिबेला कम्पनीका लगानीकर्ताले बुल र बियरिसको चेपुवामा परेका छन् । जसले साधारण सेयर लगानीकर्ता गुमराहमा परेका छन् । जो लगानीकर्ताले आईपीओ पाएका थिए, उनीहरु त अझै पनि नाफामा नै छन् । जो ३ हजार नाघ्छ भन्ने हल्लाको पछि लागेका छन्, उनीहरुलाई समस्या हुने सम्भावना देखिएको छ ।

अहिलेको बजार हल्ला वा कुनै निश्चित व्यक्तिको धारणको आधारमा मात्रै चलेको देखिन्छ । त्यस्ता कुराका लगानीकर्ताले ध्यान दिने की नदिने भन्ने स्वयम लगानीकर्ता नै सचेत बन्नुपर्ने अवस्था देखिएको छ ।

यतिबेला सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले बजारमा भइरहेको कारोबारलाई शुक्ष्म रुपमा अध्ययन गरिरहेको जानकारी गराइसकेको छ ।


क्लिकमान्डु